Namaste Icon
Ad
Ad

आइतबारबाट देशभर बैंक तथा वित्तीय संस्था खुल्ने

आइतबारबाट देशभर बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं । मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स संघले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ ।


१ पटकमा शाखा कार्यालयमा ५ जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । लकडाउनको अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

सरकारले ११ चैतदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरूपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत् कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ । रासस

Ad

सम्बन्धित समाचारहरु

जोखिम र अप्ठ्यारो टार्न बिमा

जोखिम र अप्ठ्यारो टार्न बिमा

महेन्द्र घिमिरे। जीवन बिमाकाे ईतिहासलाई हेर्ने हाे भने १६ औं शताब्दीदेखि देखि शुरु भएकाे पाईन्छ । सन् १५८३ जुन महिनाकाे १८ तारिखका दिन पहिलाे जीवन बिमा गर्ने ब्यक्ति William Gibbons हुन् ।आजकाे समयमा मानिसले सुरक्षाका विभिन्न उपायहरु खाेजी गर्दै हिँडेको अवस्थामा विभिन्न घटना दुर्घटनाबाट मानिसकाे मृत्यु तथा भौतिक क्षति हुने कुरालाई ध्यानमा राखी बिमाकाे अबधारणालाई अधिक मात्रामा प्रयाेग गरिएकाे पाईन्छ ।

व्यवसायिक कर र घरवहाल कर छुट गर्न ललितपुर चेम्बरको माग

ललितपुर। विश्वव्यापी रुपमा आक्रान्त र भयावह रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९ ) को कारण नेपालमा समेत बढ्दै गएको संक्रमण र बन्दाबन्दीले गर्दा समस्त उद्योगी व्यवसायी लगायत आम सर्वसाधारणहरु ठूलो मर्कामा परेका छन्। महिनौं सम्म लम्बिँदै गएको लकडाउनका कारण आर्थिक चलायमान नहुँदा तरलतामा गम्भीरअसर्परिरहेको छ भने व्यवसायीहरुले आफ्ना मजदुरलाई पारिश्रमिक, बैंकलाई तिर्नुपर्ने ब्याज र किस्ता,घर तथा गोदाम भाडाको भुक्तानीका लागि जटिल समस्याको सिर्जना भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad