Namaste Icon
Ad
Ad

'समृद्ध नेपाल बनाउन धेरै गर्नुपर्दैन यी काम गरे पुग्छ'

'समृद्ध नेपाल बनाउन धेरै गर्नुपर्दैन यी काम गरे पुग्छ'
राजु तामाङ, पुष्प व्यवसायी

फेरि एक पटक प्रकृतिले वातावरणीय सन्तुलन ल्याएको छ । लकडाउनले व्यापार घाटा धेरै भयो भनेर आत्तिनु नि पर्दैन किनकि हामीले यतिखेर भारत लगाएत तेस्रो मुलुकबाट सामान धेरै पैठारी गरेको छैन । गाडि ग्याँस, पेट्रोल , डजेल, लत्ताकपडा लगाएत लक्जरियस सामानमा पैसा बाह्य मुलुक पठाको छैन । रोजगारि र रेमिटेन्स गुमाएको मात्र हो । ढुक्क हुनुस् यो समयमा बारी बाँझो राखेर शहर पसेकाहरु फेरि बारी उर्भर बनाउन गाँउ फर्केका छन् ।

नेपाल सरकार राम्रा राम्रा कृषि राहत तथा कार्यक्रमहरु ल्याई उनिहरुलाई गाउँमै रोजगारीको वातावरण सृजना गर्नु, जीवन बिमा तथा कृषि बिमा गर्नु , खाद्य सम्प्रभुता कायम गर्नु , बन्द उद्योग कलकारखाना सुचारू गर्नु , बिज्ञान र प्रविधिको पहुँच सर्वसाधारणमा पुर्याउनु , शहरका लम्बोर्गिनि, फरारि र मर्सिड बैंकहरुलाई ठेलागाडा रिक्सा र ट्याक्टरहरु सम्म पुर्‍याउनु, युवा जनशक्ति गाउँमै छन् र आउनेक्रम जारि छ । गाउँका गोरेटोबाटो राम्रो बनाउनु हाईकिङ ट्रयाक खोल्नु, पञ्चवर्षीय योजनाहरु ल्याएर पर्यटकीय पूर्वाधारहरु पूरा गर्नु , नेपालबाट विदेश घुम्न जानलाई रोक लगाई रारा, मनाङ मुस्ताङ घुम्ने वातावरण तयः गर्नु , औषधीजन्य बनस्पति प्रशोधन केन्द्रहरुको विस्तार तथा डिजेल पेट्रोल हैन बिजुली बत्तीले चलाउन सक्ने बनाउनु, ग्यास हैन बिजुलीमा पाकेको खाने वातावरण बनाउनु, शैक्षिक बेरोजगार उत्पादन गर्ने फ्याक्ट्रिहरुलाई परिमार्जन गरौं ।

साँथै, सम्पूर्ण प्राईभेट अस्पतालहरु सरकारिकरण गर्नै पर्दैन सरकारिलाई नै सर्वसुलभ र गुणस्तरीय बनाऔं, निजि विद्यालयलाई केही गर्नै पर्दैन सरकारिलाई गुणस्तरीय बनाऔं, कति वर्ष भयो भारतले रु ६० नेपाल सँग बढि लिएको ? व्यापार घाटाको एक प्रमुख कारण यो पनि हो । मदिरा, सुर्तीजन्य र लक्जरियस वस्तुमा अझै कर बढाऔं, कर्मचारी तन्त्रलाई चुस्त र दुरुस्त बनाऊ, उत्पादन क्षेत्र र आवश क्षेत्रको उतिच मापदण्ड र कार्यान्वयन गरौें । भारत र चाईनाको १० १० प्रतिशत मात्र जनताको माग पूरा गर्न लागौं , सास्कृतिक धरोहरहरुलाई व्यवस्थित गरुम , सम्पूर्ण घरधनि र व्यवसायीहरुलाई करको दायरामा ल्याऔं, उत्कृष्ट विद्यार्थीलाई विश्व विकासको मन्त्र अध्ययन गर्न पठाऔ, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता पूर्णरूपले कार्यान्वयन गरौं, अवको दस वर्षमा नेपालको जिडिपि कम्तीमा २० हजार डलर पुग्छ ।

यो कोरोना महामारि नेपाल र नेपालीको लागि केही हैन एउटा विकासको कोसेढुङ्गा सावित गर्न सकिन्छ । यो महामारीलाई एक सुनौलो अवसरको रुपमा बदल्न सकिन्छ । हामी संसारकै एक उत्कृष्ट देशको रुपमा गनिन सक्छौ, अनि हेरौं न भारत, अमेरिका ् चीनले नेपालला हेर्ने दृष्टिकोण आफै बदलिन्छ ।

अमेरिकाले वीर गोर्खाली नेपालि र नेपाल प्रति बनाउने एमसिसि जसको सम्झौताको बुँदा बारे यत्रा विवाद गरेर खेर फाल्ने समय जुन उत्पादनशील कार्यमा खर्च गर्न पाउछौं । जय होस् कोरोना एक अवसर थियोे नेपालको विकास र समृद्धि मा महामारि पछिको समृद्ध नेपालको सपना हामी सबैले कामना गरुम पाईलाहरु अघि सारौं ।

-राजु तामाङ, पुष्प व्यवसायी

Ad

सम्बन्धित समाचारहरु

एमसीसी बारे भ्रम र यथार्थ

एमसीसी बारे भ्रम र यथार्थ

श्री विक्रम घिमिरे

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

एमसीसी भनिको के हो त ? भन्ने खुल्दुली सबैतिर रहेको छ। यो एमसीसी नेपाललाई दिने भनिको अमेरिकी अनुदान वा सहयोग रकम पचास करोड़ डलर हो ।  millennium challenge corporation अमेरिकन च्यालेन्ज कारपोरेशनका नाममा नेपाललाई करीब ५६ अर्व रुपैयाँ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकम लाई बिद्युत प्रसारण लाईन र सड़क स्तरउन्नतिमा लगाएर नेपाल लाई सम्रद्धितर्फ लान सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई सवैलाई भाग लगाएर खाने खतरा नेपालमा देखिन्छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad