Namaste Icon
Ad
Ad

नायिका मोडल पुनम पाण्डे कार सहित पक्राउ

नायिका मोडल पुनम पाण्डे कार सहित पक्राउ

एजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।


पुनम बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी छिन् । पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । पुलिसले पुनमका साथै उनका साथी सेम अहमदलाई पक्राउ गरेको छ ।


मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ । आज उनलाई अदालतमा पेश गरिनेछ ।

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad