Namaste Icon
Ad
Ad

निजगढ बिमान स्थल पहुच मार्ग बनाउन चार हजार २ सय रूख काटिने

निजगढ बिमान स्थल पहुच मार्ग बनाउन चार हजार २ सय रूख काटिने

दिपेन्द्र जयसवाल, बारा । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग बनाउन चार हजार २ सय रूख काटिने भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले कटान स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रूख कटानी गर्न नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्रको म्याद थप गर्ने निर्णय गरेको छ।

विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक–निजी साझेदारी पिपिपी मोडलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने बैठकले निर्णय गरेको छ।

Ad

सम्बन्धित समाचारहरु

देश घुम्नेलाई आयकर छुट! बिल बुझाएको आधारमा आयकर छुट

देश घुम्नेलाई आयकर छुट! बिल बुझाएको आधारमा आयकर छुट

काठमाडौं । कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई सुझाव दिएको हो ।

कोरोना प्रभाव - मनकामना केबलकार पनि बन्द

कोरोना प्रभाव - मनकामना केबलकार पनि बन्द

गोरखा । गोरखाको सबैभन्दा धेरै यात्रुको भीडभाड हुने मनकामना केबलकार चैत मसान्तसम्मका लागि बन्द हुने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट जोगिन तथा जोगाउनका लागि सेवा बन्द गर्ने निर्णय गरेको मनकामना केवलकार प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad