Namaste Icon
Ad
Ad

लिपुलेक दुखेको बेला विशालले ल्याए 'एकादेश' (भिडियो सहित)

लिपुलेक दुखेको बेला विशालले ल्याए 'एकादेश' (भिडियो सहित)

काठमाडौं । अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।


नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत 'एकादेश' सार्वजनिक गरेका छन्। हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत, स्वर र संगीत संयोजन स्वयम् गायक विशाल पौडेलको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारंगीको मिठो धुन सुन्न सकिन्छ ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङ्ले निर्माण गरेका हुन् । भिडियोले दर्शक , स्रोता र मिडिया हाउस बाट राम्रो साथ पाइरहेको छ । नेपाललाई माया गर्ने हरेक नेपालीले गीतलाई शेयर गरिदिन गायक पौडेलले आग्रह गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad