# भर्खरै
Namaste Icon
Ad
Ad

कोरोना र मृत्यु दर

कोरोना र मृत्यु दर

हिजोबाट एउटा समाचार मिडियामा चर्चामा पाइएको छ । न्युजील्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेन क्याफेमा कफि खान गएकी थिइन ठाउँको अभावमा कफिसप भित्र उनलाई पस्न दिइएन । सतही रूपमा हेर्दा यो प्रधानमन्त्रीका लागि अपमान जस्तो देखिए पनि यो घटनाले जसिण्डाको सम्मान बढाएको छ । अंग्रेजी शब्दकोश अनुसार यसलाई oxymoron भनिन्छ जसले विपरार्थी द्विअर्थ दिन्छ । उदाहरणका लागि दिन–रात (day-night), खुला–गोप्य (open-secret), तातो–बरफ (hot-ice) आदि बर्गेल्ती यस्ता शब्दहरू अंग्रेजी साहित्यमा प्रयोग भएका पाइन्छन् ।

भरत पोखरेल

भरत पोखरेल

कोरोनाको प्रभाव रोक्न जसिण्डा संसारको उत्कृष्ट नेतृ भएकी छन् यही कारणले उनको चर्चा चलिरहेको छ । पश्चिमा पृष्ठभूमिमा विश्वलाई हेर्ने पाँच नेत्र अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानाडा, बेलायत र अमेरिका मानिन्छन् । यिनीहरूको भाषा, भेष, अर्थतन्त्र, राजनीति, संस्कृति समान नै छन् । अष्ट्रेलियाको जनसंख्या २ करोड ५५ लाख, न्युजील्याण्डको ४८ लाख, क्यानाडाको ३ करोड ७७ लाख, बेलायतको ६ करोड ७८ लाख र अमेरिकाको ३३ करोड ८० लाख छ । पाँचैवटै देश समृद्ध मानिन्छन् । तर हाल कोरोनाको कहर रोक्न अष्ट्रेलिया र न्युजील्याण्ड सक्षम भए पनि क्यानाडा, बेलायत र अमेरिका हायलकायल भएका छन् । हिजो मई १७, २०२० सम्मको तथ्याङ्क हेर्दा प्रति दसलाखमा अष्ट्रेलियामा ४, न्युजील्याण्डमा ४, क्यानाडामा १५१, बेलायतमा ५०८ र अमेरिकामा २७२ मृत्युदर देखिएको छ । अष्ट्रेलियामा ७,००४ संक्रमित ९८ को मृत्यु, न्युजील्याण्डमा १,४९९ संक्रमित २१ को मृत्यु, क्यानाडामा ७५,८६४ संक्रमित ५,६७९ को मृत्यु, बेलायतमा २,४०,१६१ संक्रमित ३४,४६६ को मृत्यु र अमेरिकामा १५,०७,७१३ संक्रमित ९०,११३ को मृत्यु भएको छ । विश्वको ७ अर्ब ६० करोड जनसंख्यामा ४७,३४,३७९ संक्रमित र ३,१३,४१९ को मृत्यु भएको छ ।

अमेरिकाको जनसंख्या विश्वको ४.३ प्रतिशत छ तर उसले विश्व उत्पादनको २५ प्रतिशत उपभोग गर्दछ । विश्वको जीवनस्तर अमेरिका जत्तिको हुने हो भने ७ वटा पृथ्वीको आवश्यकता पर्छ र युरोपियन स्तरको हुने हो भने ३ वटा पृथ्वी चाहिन्छ । दुखको कुरा हाम्रो देश नेपाल पनि अस्तिदेखि क्षति व्यहोर्ने देशमा सूचिकृत भएको छ । हिजो सम्म नेपालमा २९५ कोरोना (कोभिड–१९) बाट संक्रमित थिए भने दुई जनाको मृत्यु भएको छ । नेपालमा प्रति दसलाखमा कोरोनाको कारण मृत्युदर ०.०७ रहेको छ । तर आज यो आलेख तयार पार्दासम्म संक्रमितको संख्या बढेर २९५ बाट ३०४ पुगेको छ भने खतरा तीब्र गतिमा बढिरहेको छ । परिणाम त समयले मात्र बताउने छ ।

 

लेखक तथा विश्लेषक भरत पोखरेलको फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

एमसीसी भनिको के हो त ? भन्ने खुल्दुली सबैतिर रहेको छ। यो एमसीसी नेपाललाई दिने भनिको अमेरिकी अनुदान वा सहयोग रकम पचास करोड़ डलर हो ।  millennium challenge corporation अमेरिकन च्यालेन्ज कारपोरेशनका नाममा नेपाललाई करीब ५६ अर्व रुपैयाँ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकम लाई बिद्युत प्रसारण लाईन र सड़क स्तरउन्नतिमा लगाएर नेपाल लाई सम्रद्धितर्फ लान सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई सवैलाई भाग लगाएर खाने खतरा नेपालमा देखिन्छ।

नारायणहिटी तानाशाहको होईन हाम्रा अभिभावकको दरबार रहेछ !

जाँदा जाँदै,नारायण हिटि दरबार घेराउमा छ । नारायण हिटिमा राजाले सुन चाँदि हिरा मोति थुपारेर राखेका छन । त्यो नेपाली जनतालाई बाड्यो भने सबै नेपाली सुखि हुन्छन, भनेर अनेकौं अफवाह फैलाएर नेता आफु सत्ता मा पुगे । तर , जनताको स्तर त झन खस्किएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad