Namaste Icon
Ad
Ad

आँखासम्बन्धी केहि रोचक तथ्यहरु

आँखासम्बन्धी केहि रोचक तथ्यहरु

काठमाडौं । मानिसको शरीरमा भएका मध्ये सवैभनदा संवेदनशील अंग मानिन्छ आँखा । आज हामी तपाईलाई आँखा सम्बन्धी केहि रोचक तथ्यहरु जनाकारी दिन गईरहेका छौं ।

१. एक स्वस्थ मानिस प्रतिमिनेट औसत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करिब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक ।

२. आँखा करिब २० लाख भागहरू मिलेर बनेको हुन्छ ।

३. आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो, जसमा रगत प्रवाह हुँदैन ।

४. एउटा आँखाको तौल करिब २८ ग्राम हुन्छ ।


५. आँखा खुल्ला राखेर हाछ्यूँ गर्न सम्भव हुँदैन ।

६. जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन ।

७.  भर्खर जन्मेको बच्चामा रुँदा पनि आँसु आउँदैन ।

८. हरेक पटक आँखा झिम्क्याउँदा आँखा करिब ०.३ सेकेन्डका लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करिब ३० मिनेट झिमझिम गर्दा बन्द हुने गर्छ ।

९. आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।

१०. पृथ्वी समतल भएको भए आँखाले ५० किमी पर रहेको बलिरहेको बत्ती देख्ने क्षमता हुन्छ ।

११. मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपालका मानव अधिकारकर्मी राउतलाई भारतमा सम्मान

नेपालका मानव अधिकारकर्मी राउतलाई भारतमा सम्मान

चित्रकुमार कार्की, काठमाडौं । सप्तरीका मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ । लामो समय देखि मानव अधिकार क्षेत्रमा लागि निरन्तरण रुपमा काम गर्ने सप्तरी महादेवाका २७ वर्ष प्रकाशमणी राउतलाई नेशनल हयुमान राईटस अर्वाडवाट सम्मानित गरिएको हो । नेशनल हयुमान राइट संस्थाले राउतलाई समाजिक सिफाही अर्वाडवाट सम्मानित गरेको छ । बिश्व कोरोना महामारीले बिभिन्न देश लगायत भारत र नेपाल समेत लकडाउन भोगीरहेको अवस्थामा राउतलाई समाजिक संजालवाट प्रमाणपत्र पत्र सहित सम्मान गरिएको हो ।

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन अनुरोध

लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad