Namaste Icon
Ad
Ad

२५ वर्षीय युवतीले गरिन आफ्नै बाबुको हत्या

२५ वर्षीय युवतीले गरिन आफ्नै बाबुको हत्या

इलाम। इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले आफ्नै बाबुको हत्या गरेकी छिन्। इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहका अनुसार सोमबार रातको समयमा बाबुछोरीबीच झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाई छ। गयराती पनि घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो। फुलबहादुरको टाउकोमा चोट देखिएको छ। घटनाको प्रकृति हेर्दा टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरी निरीक्षक शाहको भनाई छ ।

“गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भने। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोपित छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad