# भर्खरै
Namaste Icon
Ad
Ad

ललितपुरका २६ वर्षीय कोरोना सङ्क्रमित सम्पर्कबिहीन !

ललितपुरका २६ वर्षीय कोरोना सङ्क्रमित सम्पर्कबिहीन !

ललितपुर। मङ्गलबार ललितपुरमा कोरोना भाईरस (कोभिड -१९) को सङ्क्रमण भेटिएका भनिएका २६ वर्षीय पुरुष सम्पर्कबाहिर रहेको पाईएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गएर स्वाब दिएर आएका ती पुरुष हाल कुनै स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीको सम्पर्कमा नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

हालसम्म जिल्लाका बागमती गाउँपालिका बाहेक ५ वटा स्थानीय तहमा कोरोनाको आरडिटी र पीसीआर परीक्षण गरी तापनि ती कुनै स्थानीय तहमा ती संक्रमितले परीक्षण नगराएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले बताए। सङ्क्रमण पत्ता लागेपछि थप सतर्कताका लागि कन्ट्याक्ट ट्रेसिङ अगाडी बढाउनुपर्ने भए तापनि स्वाब दिएर उनी कहाँ गए र कोकोलाई भेटेका छन् भन्ने कुराको पत्ता लाग्न सकेको छैन,जसले गर्दा जिल्लामा थप सङ्क्रमणको जोखिम बढेको छ।

अहिले ती युवकको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad