Namaste Icon
Ad
Ad

चर्चित अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्साको पक्षमा लेखेपछि...

चर्चित अभिनेत्री मनिषा कोइरालाले  नेपालको नयाँ नक्साको पक्षमा लेखेपछि...

काठमाडौं । नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आम नेपालीहरुमा हर्षछाएको छ । बुधबार आम नेपालीको यही सपना साकारा हुँदा यो दिनले नेपालको इतिहासमा अमरत्व कायम गर्ने भएको छ । नयाँ नक्सा जारी गर्ने निर्णयलाई स्वागत गर्नेहरुको ठूलो लर्कोमा उभिन पुगिन नेपाल आमाकी छोरी एवं चर्चित अभिनेत्री मनिषा कोइराला पनि । उनले यो आम नेपालीका लागि गर्विलो दिन भएको उल्लेख गर्दै तीन देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा पनि गरिन । तर उनको यो देशप्रेम , माटोप्रेम उनले कर्मघर बनाएको बलिउड र विशेष गरी भारतीयहरुलाई भने असैह्य भएको छ ।

बलिउडमा लामो समय काम गरेकी अभिनेत्री मनीषा कोइराला पनि नेपाल सरकारले जारी गरको नेपालको नक्साको समर्थनमा उभिएपछि भारतमा उनको विरोध सुरु भएको । नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्साको पक्ष लिदै मनिषा कोईरालाले सामाजिक सञ्जाल ट्वीटरमा ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नका लागि धन्यबाद हामी सबै अब तीनै महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतीक्षामा छौं भनेर आज भन्दा दुई दिन अगाडि ट्वीट गरेकी थिइन् ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले छिट्टै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएपछि मानिषा कोइरालाले उक्त ट्वीट गरेकी थिइन् । जुन अहिले भारतीय मिडियाले आलोचनाको विषय बनेको छ । भारतीय मिडियाले उनलाई भारतको खाना खाएर चीनको गीत गाउने सम्मको आरोप लगाएको छ । भारतीय मिडियाले मानिषाले जे जति पायो सबै भारतले दिएको दाबी गरेको छ ।

कालापानी र लिपुलेखलाई लिएर भारत र नेपालबीचको सीमा विवादको बीचमा अभिनेत्री मनीषा कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले अहिले भारतमा तहल्का मचाएको छ । त्यतिमात्र नभइ भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस अरु ठाउँबाट आएको भन्दा कडा बताएकोको बारेको पनि प्रसंग उठाएर कोकोहोलो मच्चाउन थालेको छ ।

भारत सरकारले एकतर्फी रुपमा लिपुलेकमा सडक खण्डको उद्घाटन गरेपछि त्यसको जवाफमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरु अहिले आफ्नो चीरपरिचित पहिचान देखाउन थालेका छन् ।

 

 

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad