Namaste Icon
Ad
Ad

गोदावरीमा कालिमाटी,बल्खु र वानेश्वरको तरकारी निषेध

गोदावरीमा कालिमाटी,बल्खु र वानेश्वरको तरकारी निषेध

ललितपुर । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरसको प्रकोप काठमाडौँ उपत्यकामा समेत बढ्दै गएको र कालिमाटी, बल्खु लगायतका क्षेत्रमा रहेका तरकारी बजारको सम्पर्कमा रहेका व्यक्तिलाई समेत भाईरसको संक्रमण भएको पाईएपछि गोदावरी नगरपालिकाले उक्त स्थानबाट आयात गरिएका तरकारी प्रयोग नगर्न नगरबासीलाई आग्रह गरेको छ।

नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गरिएको अपिलमा कालिमाटी, बानेश्वर र बल्खुबाट आउने तरकारी तथा फलफुल ल्याई व्यापारीहरुले विक्रीवितरण गरेको पाईएमा कडाभन्दा कडा कारवाही हुने समेत उल्लेख गरिएको छ। साथै नगरपालिकाका सबै वडाहरुमा अत्यावश्यक खाद्यवस्तुको विक्रीवितरण गर्ने पसल बिहान ५ बजेदेखि ११ बजेसम्मका लागि मात्र खुल्ला गर्न समेत व्यवसायीहरुमा आग्रह गरिएको छ।

Ad

सम्बन्धित समाचारहरु

प्युठानमा पाँच सय बढीको रिर्पोट आउन बाँकी

प्युठानमा पाँच सय बढीको रिर्पोट आउन बाँकी

प्यूठान । जिल्लाबाट स्वाव सङ्कलन गरि पठाइएका मध्ये शनिबारसम्म पाँच सय ११ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ । हालसम्म जिल्लाबाट छ सय ८४ जनाको पीसीआर जाँचका लागि स्वाव सङ्कलन गरि विभिन्न प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बाजुरा । खप्तड छेडदह गाउँपालिकाको क्वरेन्टीनमा शनिबार एक जनाको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad