Namaste Icon
Ad
Ad

राजधानी बाहिरबाट आएका १२ सङ्क्रमित पाटन अस्पतालमा

राजधानी बाहिरबाट आएका १२ सङ्क्रमित पाटन अस्पतालमा

काठमाडौँ । पाटन अस्पतालमा कोरोना भाइरसबाट संक्रमित १२ जना बिरामी भर्ना भएका छन्। अस्पतालका एक चिकित्सकका अनुसार ती सबै संक्रमित लकडाउनका बेलामा पास बनाएर बाहिरका जिल्लाबाट काठमाडौं आएका हुन्।

'कोही सुनसरीका छन्, कोही सप्तरीका छन्, अनि कोही अरू जिल्लाका,' ती चिकित्सकले भने, 'उनीहरू सबै जना लकडाउनका बेला सरकारी पास मिलाएर काठमाडौं आएका हुन्।'

पाटन अस्पताल भर्ना भएका संक्रमित व्यक्तिहरू काठमाडौं, ललितपुर र भक्तपुरमा अस्थायी रूपले बस्ने गरेको पनि उनले बताए। स्वाब लिने बेलामा स्थायी ठेगाना राखिने भएको कारणले यी संक्रमितको जिल्ला लेख्दा काठमाडौं उपत्यका बाहिरका जिल्ला लेखिएको छ। लकडाउनका बेलामा भएको लापरबाहीका कारण अहिले काठमाडौंमा पनि संक्रमण बढिरहेको उनले बताए। 'कोही नेता, कोही प्रशासनको आडमा पास बनाएर काठमाडौं आएका रहेछन्,' उनले भने, '१५ बेड क्षमताको अस्पतालमा १२ जना बिरामी भइसकेका छन्। अब त कोरोनाका लागि छुट्टयाएका बेड भरिन लागिसके।'

उनका अनुसार संक्रमितहरूमा लक्षण भने देखिएको छैन। पाटन अस्पतामा छुट्टै 'कोरोना डेडिकेटेड' अस्पताल छ। यो डेडिकेटेड अस्पतालमा ६ वटा आइसोलेसन वार्ड छन् भने २१ बेडको आकस्मिक र १५ वटा कोरोना पोजेटिभ राखिने बेड छ।

बिरामीहरू बढ्दै जान सक्ने अनुमानकै कारण अहिले सरकारले कोरोना भाइरसका संक्रमितलाई उनीहरूको स्वास्थ्य अवस्थाको गम्भीरता हेरेर घरमै बस्न भनेको छ।संक्रमितको स्थायी ठेगाना मात्र लेखिने र बाहिर त्यही ठेगाना भनिने हुँदा त्यो बिरामी अहिले कुन जिल्ला वा सहरमा बस्छ भन्ने खुल्ने गरेको छैन। त्यही समस्यालाई ध्यानमा राखेर हिजो मात्रै सूचना आयोगले कोरोना संक्रमितहरूको स्थायी र अस्थायी दुवै ठेगाना सार्वजनिक गर्न सरकारलाई आदेश दिएको थियो।

Ad

सम्बन्धित समाचारहरु

जब विद्यालयको प्राङ्गणमा गीत बज्न सुरु हुन्छ, क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन्

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् ।

दिपेन्द्र जयसवाल,बारा। नेपालको चौथो कोरोना संक्रमित मृतकका परिवारका सबै १२ जनाको पिसिआर रिपाेर्ट नेगेटिभ आएको छ। बाराको करैयामाई गाउँपालिका ७ उमजनका उनीहरुको जेठ १४ मा घरमै स्वाब संकलन गरिएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad