Namaste Icon
Ad
Ad

आईएमईद्वारा ५ सय कर्मचारीलाई बेतलबी बिदा

आईएमईद्वारा ५ सय कर्मचारीलाई बेतलबी बिदा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापतिसमेत रहेका आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिएका छन।

कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा भएको र आर्थिक गतिविधि तथा काम ठप्प भएको जनाउँदै कर्मचारीलाई अनिश्चित्कालीन बेतलबी पत्र दिइएको पाइएको छ। आईएमई ग्रुपअन्तर्गतको आईएमई अटोमोटिभ डिभिजनमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुने गरी बेलतबी बिदाको पत्र थमाइएको हो।

आईएमई मोटर्स प्रालिले वैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको जनाएको छ। कम्पनीको निर्णयको विषयमा चित्त नबुझे जेठ ३ गतेसम्म सम्बन्धित कर्मचारीले आफ्नो विभागीय प्रमुखलाई असहजताबारे जानकारी गराउन भनेको थियो।

आईएमई मोटर्सले नेपाली बजारमा अशोक लेल्यान्डका कमर्सियल गाडी, अमेरिकी ब्रान्ड हार्ले डेभिडसन र यूएमका मोटरसाइकल तथा एसकर्टस्का हेभी इक्युपमेन्ट बिक्री गर्दै आएको छ। यी चारवटै ब्रान्डका सबै कर्मचारीलाई एकैपटक बेलतबी बिदामा राखिएको हो।

एकैपटक ठूलो संख्यामा कर्मचारीलाई बिदा दिइएको सम्बन्धमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्– ‘यो मिडियामा इस्यु बनाउनुपर्ने कुरा होइन। मैले त पत्र हेरेको पनि छैन। मिडियाबाट फोन त आयो।

अहिले मिडियामै त तलब कटौती भएको छ भने हामीमा नहुने कुरै हुन्न। अहिले उद्योग वाणिज्य महासंघमा यही विषयमा छलफल भइरहेको छ। हामीले त्यो पत्र बेतलबी बिदाका लागि होइन, घरमै सुरक्षित भएर काम गर्नका लागि पत्र काट्ने सल्लाह भएको थियो।

तर, पत्र मैले हेरेको छैन। लकडाउन भएको दुई महिना भइसक्यो। अझै लम्बिए त बेतलबी बिदामात्रै होइन अफिस नै नचल्ने स्थिति आउन सक्छ। यसकारण यो मिडियाले इस्यु बनाएको मात्रै हो। सबै स्वाभाविक नै हुन्छ।’ नेपाल समाचारपत्रबाट

 

Ad

सम्बन्धित समाचारहरु

जोखिम र अप्ठ्यारो टार्न बिमा

जोखिम र अप्ठ्यारो टार्न बिमा

महेन्द्र घिमिरे। जीवन बिमाकाे ईतिहासलाई हेर्ने हाे भने १६ औं शताब्दीदेखि देखि शुरु भएकाे पाईन्छ । सन् १५८३ जुन महिनाकाे १८ तारिखका दिन पहिलाे जीवन बिमा गर्ने ब्यक्ति William Gibbons हुन् ।आजकाे समयमा मानिसले सुरक्षाका विभिन्न उपायहरु खाेजी गर्दै हिँडेको अवस्थामा विभिन्न घटना दुर्घटनाबाट मानिसकाे मृत्यु तथा भौतिक क्षति हुने कुरालाई ध्यानमा राखी बिमाकाे अबधारणालाई अधिक मात्रामा प्रयाेग गरिएकाे पाईन्छ ।

व्यवसायिक कर र घरवहाल कर छुट गर्न ललितपुर चेम्बरको माग

ललितपुर। विश्वव्यापी रुपमा आक्रान्त र भयावह रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९ ) को कारण नेपालमा समेत बढ्दै गएको संक्रमण र बन्दाबन्दीले गर्दा समस्त उद्योगी व्यवसायी लगायत आम सर्वसाधारणहरु ठूलो मर्कामा परेका छन्। महिनौं सम्म लम्बिँदै गएको लकडाउनका कारण आर्थिक चलायमान नहुँदा तरलतामा गम्भीरअसर्परिरहेको छ भने व्यवसायीहरुले आफ्ना मजदुरलाई पारिश्रमिक, बैंकलाई तिर्नुपर्ने ब्याज र किस्ता,घर तथा गोदाम भाडाको भुक्तानीका लागि जटिल समस्याको सिर्जना भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad