Namaste Icon
Ad
Ad

छुट्टै कृषि ऐन बन्ने प्रक्रिया अगाडि बढ्यो

छुट्टै कृषि ऐन बन्ने प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । हालसम्म छुट्टै कृषि ऐन नरहेको अवस्थामा संसदको राष्ट्रिय सभा, विधायन समितिले कृषि ऐन बनाउन निर्देशन दिएको छ । ऐेन अभावमा कृषिका हालसम्मका सबै निर्देशिका र कार्यविधिहरु सुशासन ऐन अन्तरगत बनेका भएपनि कानूनसम्मत नरहेको भन्दै विधायन समितिले निर्देशन दिएको हो ।

कृषि मन्त्रालयले हालै घोषणा गरेको कृषि विकासका ५ नीतिगत आधारमा उल्लेख भएका उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवाको पहँच, कृषि तथा पशु बिमा र न्युनतम समर्थन मुल्य सहित खरिदको ग्यारेन्टीका प्रावधानलाई कानुनी रुपमा व्यवस्थित गर्नुपर्ने भएकाले कृषि ऐन बनाउन निर्देशन दिईएको हो ।

मन्त्रालयका प्रशासन सहसचिव डा नारायण रेग्मीको संयोजकत्वमा ऐनको ड्राफ्टका लागि प्राविधिक समिति निर्माण भएको छ । समितिले चाँडै सबै पक्षसँग परामर्श गर्दै ऐन निर्माण गर्नेछ । कृषि नीति २०६१ परिमार्जन गर्न सहसचिव डा हरिबहादुर केसीको संयोजकत्वमा अर्को समितिले काम गरिरहेको छ।

Ad

सम्बन्धित समाचारहरु

मलको अभावले बाराका किसानहरू मर्कामा

मलको अभावले बाराका किसानहरू मर्कामा

दिपेन्द्र जयसवाल,बारा। विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) प्रकोपका बिच कृषि क्षेत्रलाई प्रोत्साहन गरी आन्मनिर्भरता बढाउँदै लैजानुपर्ने बहस चलिरहेका बेला बाराको किसान भने खेतीमा गरिएको लगानी समेत जोगिँदैन भन्ने चिन्तामा छन् ।

कोरोना भन्दा सयौं गुणा खतरा मानिएको सलह, कसरी नियन्त्रण गर्न सकिन्छ ?

एजेन्सी । सलह करोडौंको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा हो। यसको पछाडिको खुट्टा मोटो हुन्छ। मरुभूमि क्षेत्रमा पाइने किरा भएकाले उच्च तापक्रम अर्थात् ४० देखि ४५ डिग्री सेल्सियससम्म यो बाँच्छ र बढी सक्रिय हुन्छ । २० डिग्रीभन्दा कम तापक्रम भयो भने यो सक्रिय हुँदैन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad