Namaste Icon
Ad
Ad

सडक मर्मत नहुदा सर्वसाधारणलाई समस्या

सडक मर्मत नहुदा सर्वसाधारणलाई समस्या

दिपेन्द्र जयसवाल, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं ६ मा सडक मर्मत नहुदा आम सर्वसाधारणहरुलाई आवत जावतमा समस्या भएको छ । वडा अन्र्तगतको पर्सा टोलबाट पुरानो बसपार्क हुदै मदर्शा टोल जोड्ने सडक विग्रिएर समस्या भएको हो । सडकमा खाल्डा खुल्डी हुदा पानी परेपछि पोखरी झै हुनाले बाटो भएर आउने जाने मानिस तथा सामानहरु ओसारपोसार गर्नेहरुलाई सास्ति भएको हो ।

केही सडक खराब भएकै कारण दिन पहिले एक जना दूध बोकेर बेच्न जाने किसानको साइकिल सहित लड्दा दुध नष्ट हुनुको साथै उनलाई समेत चोटपटक लागेको थियो। त्यस्तै सडकको अवस्था नाजुक भएकाले बालबालिकाहरु तथा वृद्धवृद्धाहरु समेत सडकको खाल्डोमा परेका छन । सडकमा खस्दा हातखुट्टामा चोटपटक लाग्ने गरेको छ । त्यस्तै सडक खराव कै कारण पनि एक जना तरकारी बेच्ने किसान पनि आफ्नो साईकलमा लोड गरेको तरकारी सहित लडेका छन ।

साईकलबाट लड्दा विक्रीका लागि लगिएको तरकारी नष्ट हुनुको साथै उनी पनि सामान्य घाइते बनेका थिए। त्यस्तै उक्त बाटो प्रयोग गरेर जाने साइकल तथा मोटरसाइकल दैनिक रुपमा हिलोमा खस्ने गरेको स्थानीय सुजय साहले बताएका छन । यस्तो समस्या प्रति स्थानीय निकायहरुको ध्यान जान नसकेको स्थानीयहरुको गुनासो छ । अति आवश्यक तथा नभै नहुने कुराको लागि पनि बारम्बार वडा अध्यक्ष गम्भिरा प्रसाद तथा वडा सदस्यहरुलाई पनि पटकपटक ध्यानाकषर्ण गराउदा पनि वास्ता नगरेको अर्का स्थानीय युवा नगेन्द्र साह जानकारी गराए ।

Ad

सम्बन्धित समाचारहरु

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगित क्षेत्रमा आवद्व भएका विभिन्न व्यत्तित्वहरुलाई सहयोग गरेको छ।

'सार्वजनिक खर्च र आम्दानी गर्दा विवेकशील मन प्रयोग गर्नुपर्छ'

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग अन्तरक्रिया गरेको छ । सार्वजनिक खर्चलाई कसरी व्यवस्थित, पारदर्शि बनाउने र हालको अवस्थाका विषयमा भएको उक्त छलफलमा महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनाली, पुर्व महालेखा नियन्त्रक सुरेश प्रधान, पेफा सचिवालयका संयोजक रमेश प्रसाद शिवाकोटीसहित आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad