Namaste Icon
Ad
Ad

फलफूल बेच्नेलाई प्रहरीले लात्तीले हानेपछि

फलफूल बेच्नेलाई प्रहरीले लात्तीले हानेपछि
फलफुल बेच्दै गरेका धर्मेन्द्र कुमार

ललितपुर । नखिपोटको गल्लीभित्र जनकपुरका ध्रमेन्द्र कुमार फलफूल बेचिरहेका थिए । अठार वर्षीय यी युवकको सपना थियो, फलफूल बेचेको पैसाले विरामी आमाको उपचार गर्नु । पाँच वर्षदेखी दमको रोगले थलिएकी आमाको उपचार कसरी गर्ने भनेर उनी पिरोलिरहेका थिए ।

भिआइपी गल्ली भनेर चिनिने नखिपोटमा जनकपुरका ध्रमेन्द्रले साइकलमा केरा बेचेर गुजारा गर्नु उनको एक मात्र विकल्प हो । बुधबार दिउसो साइकलमा केरा विक्रि गरिरहँदा मध्यान्ह साढे ४ बजे डिस्कभर बाइकमा एक प्रहरी जवान र हवल्दार टुप्लुक्क आईपुगे ।

ध्रमेन्द्रमाथि अपशब्द गाली गर्दै प्रहरी जवान र हवल्दारले एक्कासी बुट प्रहार गरे । चिच्याउदै भूइमा ढलेका ध्रमेन्द्रमाथि प्रहरीले केरै केराले प्रहार गरे । फलफूल किन्न स्थानिय बासिन्दाहरु जम्मा भएका थिए । त्यो दृश्यलाई कैद गरिरहेका सञ्चारकर्मी चित्रकुमार कार्कीले तस्विर खिचिरहेका थिए । हवल्दारले कड्किएर सोधे, ‘तँ को होस् ? किन भिडिओ खिचेको ?’ प्रहरीले उनको जवाफै नसुनि मोबाइल खोसे । र, बुटले बजार्दै गरेको तस्विर डिलिट गरिदिए ।

‘मेरो भिडिओ खिच्ने काम हो ।’ चित्रले मोबाइलले भिडिओ लिन खोज्दै भने, ‘मेरो आइडी कार्ड हेर्नुस् ।’ पत्रकारको परिचयपत्र देखेपछि ‘सरी सर’ भनेर मोटरसाइकलमा भागे । यतिञ्जेल वरीपरीबाट थुप्रै स्थानीय जम्मा भईसकेका थिए । घरको छतबाट पनि स्थानीयहरु यो घटनालाई नियालिरहेका थिए । आक्रोशित हुँदै स्थानीयले आवाज उठाए पछि प्रहरीले प्रतिवाद गर्न सकेनन् ।

जनकपुरका ध्रमेन्द्र पाँच वर्षदेखी महालक्ष्मीथानमा बसिरहेका छन् । आफ्नै पैसाले किनेर होईन, साहुकोबाट फलफूल ल्याएर उनी बेच्छन् । त्योबाट उठेको पैसाले साहुलाई बुझाउनु पर्छ । ‘भाडा तिर्न नसकेर कोठाबाट घरबेटीले मलाई निकाल्न खोजे ।’ उनले भावुक हुँदै भने, बिहान, बेलुका फलफूल बेचेरै गुजारा गर्नु पर्ने बाध्यता छ ।’ कोरोना भन्दा गरिबीले मर्न लागेका नागरिकले इमानदार भएर काम गरेर बा“च्न पनि नपाउनु दुखद भएको प्रत्यक्षदर्शी चित्रकुमार कार्कीले बताए । ‘त्यही बाटो भिइआइपीहरु कार लिएर हुइकिए । कसैले रोकेन ।’ चित्रले भने ‘तर एक गरिबले काम गरेर गुजारा गर्न खोज्दा बुट बजारियो ।’

 

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad