Namaste Icon
Ad
Ad

कोरोनाले मलाई सिकाएको सकारात्मक पाठ

कोरोनाले मलाई सिकाएको सकारात्मक पाठ

सुमित्रा सञ्जेल, ललितपुर


भु-जडित मुलुक नेपालमा विभिन्न समयमा आइपरेको प्राकृतिक तथा मानवीय घटनाले पारेको प्रभाबको घाउ निको हुन नपाउदै विविध समस्याहरुले कोट्याइ रहन्छ । आजको मानविय सोच आफ्नो जीवन कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने तर्फ मात्र ध्यान भएको भएता पनि सामाजिक रुपमा सहयोगको भवना पनि उच्चतम रुपमा मौलाएको पाइन्छ । आफुले आफ्नो ठाउँ बाट विविध प्रकारले मिल्ने जतिको सहयोग गर्ने गरेको पाइन्छ । बाढी पहिरोका पीडित लाई होस या भुकम्पमा परेका पीडित लाई मात्र नभइ त्यो भन्दा अगाडीको १० बर्षे जनयुद्धले क्षतविक्षत भएको स्थान र पीडितलाई नेपालीहरुले विविध तरिका बाट सहयोग गरेको पाइन्छ ।

हाल विश्वव्यापी रुपमा मौलाएको कोरोेना भाईरसले जस्तो सुकै मै हुँ भन्नेलाई पनि सीमित घेराभित्र बस्न बाध्य बनाएको छ । यसले पारेको नकारात्मक असर त छँदै छ, तर यसलाइ सकारात्मक रुपमा लिन विभिन्न माध्यम वा दृष्टिकोण बाट हेर्न सकिन्छ। जस्तै म आफुले आफैँलाई प्रकृति संग भिज्नको लागि शाकाहारी बन्न रुचाएँ । आफूलाई सबेरै उठ्न, योगा गर्न र शारिरीक व्यायाम गर्न अत्याधिक रुचाउने भएको छु । सामान्यतया मैले र मेरो व्यक्तिगत दृष्किोणबाट जतिपनि केन्द्रिकरणको प्रभाव देखिएको थियो, जस्तै ग्रामिण क्षेत्रबाट शहरी केन्द्रित प्रभाबलाई हेर्दा कोरोना भाइरसले उल्ट्याइदिएको देखिन्छ । देशको आर्थिक सामाजिक तथा राजनितिक प्रणालीलाई गुणस्तरीय र सफल बनाउन ग्रामीणकेन्द्रित गराउने अवधारणालााई सोचे जतिको मानवीय मनस्थिति परिवर्तन गराउन नसकेको अवस्थामा कोभिड १९ ले साथ दिएको देखिन्छ । यसको प्रभावले मानव जगतलाई ग्रामीणमुखी र कृषि अर्थतन्त्र लाई जोड दिएको देखियो भने प्राकृतिक सन्तुलनलाई कायम गर्दै यस्तै प्रकारका भयानक माहामारी रोक्नको लागी प्रकृतिप्रेमी बनाईदिएको पाईन्छ । जुनसुकै माहामारीले पनि तुलनात्मक रुपमा ग्रामीण भन्दा शहरी क्षेत्रलाई बढी असर गरेको तथ्य विविन्न अनुसन्धान बाट स्पष्ट हुन आउँछ । त्यसैले ग्रामिण क्षेत्र प्रतिको आर्कषण हाल उच्च स्थानमा देख्न सकिन्छ । यही माहामारी लाई उदाहरणको रुपमा लिने हो भने ग्रामीण विकास तर्फको जनचासो बढेको छ ।

हालको जनजीवनलाई मध्यनजर गर्दा शहर प्रवेश गरी दशौँ वर्ष बिताएका नेता, कर्मचारी, विद्यार्थी , समाजसेवी तथा युवा पुस्तामध्ये अधिकांश मानिसहरु गाउँ छिरेका तथ्याङ्कले देखाउँछ साथै बन्दाबन्दीको कारण प्राय सबै परीवारको साथमा रहेका छन् । पारिवारिक माहोल सदा भन्दा फेरीएको देखिन्छ । ग्रामिण क्षेत्रमा रहेका बाँझो बारीहरु मौलाएका छन् भने शहरी वातावरण सफा र रमणीय देखिन्छ । परिवारको एक सदस्यले अर्को सदस्यको मनोभावना राम्ररी बुझ्ने एउटा राम्रो अवसर प्राप्त गरेको पो हो की ? भन्ने मैले विश्लेषण गरेकी छु । प्रकृतिसँग हामी कसरी समाहित हुने र प्राकृतिक स्रोत साधनलाई बचाउँदै मानव सभ्यताको इतिहास कसरी दिगो बनाउन सकिन्छ भन्ने मानवीय सोच तथा चिन्तन थोर बहुत ढल्केको भने पक्कै मानिन्छ । हामी एक सचेत नागरिक भएको हैसियतले मानवीय व्यवहार के हो र कसरी निभाउन सकिन्छ भन्ने बिषयलाई झस्काएझैँ लाग्यो र अर्को सिकाई भनेको धैर्यता भनेको के हो ? धैर्य तथा शान्त भएर मानव जगतको समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? भन्ने बहुमुल्य ज्ञान हासील गरेका छौँ ।

 

Ad

सम्बन्धित समाचारहरु

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

एमसीसी भनिको के हो त ? भन्ने खुल्दुली सबैतिर रहेको छ। यो एमसीसी नेपाललाई दिने भनिको अमेरिकी अनुदान वा सहयोग रकम पचास करोड़ डलर हो ।  millennium challenge corporation अमेरिकन च्यालेन्ज कारपोरेशनका नाममा नेपाललाई करीब ५६ अर्व रुपैयाँ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकम लाई बिद्युत प्रसारण लाईन र सड़क स्तरउन्नतिमा लगाएर नेपाल लाई सम्रद्धितर्फ लान सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई सवैलाई भाग लगाएर खाने खतरा नेपालमा देखिन्छ।

नारायणहिटी तानाशाहको होईन हाम्रा अभिभावकको दरबार रहेछ !

जाँदा जाँदै,नारायण हिटि दरबार घेराउमा छ । नारायण हिटिमा राजाले सुन चाँदि हिरा मोति थुपारेर राखेका छन । त्यो नेपाली जनतालाई बाड्यो भने सबै नेपाली सुखि हुन्छन, भनेर अनेकौं अफवाह फैलाएर नेता आफु सत्ता मा पुगे । तर , जनताको स्तर त झन खस्किएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad