# भर्खरै
Namaste Icon
Ad
Ad

कोरोनाले सम्झायो गाउँको महत्व - एक अनुभव

कोरोनाले सम्झायो गाउँको महत्व - एक अनुभव

अशोक सिंह बिष्ट, बैतडी । समयको बिकाससँगै मानिसहरु गाउँ छोडेर सहर हुदै बिदेश तिर छिरे, बाध्यताले हो वा रहरले । मान्छेहरुले आफ्नो खेतियोग्य जमिन बाझो राखेर अन्नपात किनेर खान थाले । सायद त्यो गाउँ र त्यो बाझो जमिनलाई पनि लाग्दो होला मैले सन्तान जन्माएर पनि निसन्तान छु । त्यो सुनसान गाउँले मनमनै सोच्दो होला म कति अभागी, तर दुनियाँलाई देखाउन नसकी मनमनै रोइरहेको थियो होला !

तर आज विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा देशमा लकडाउन चलिरहदा ती सुनसान गाउँ बस्तीहरु धेरै बर्षको तपस्या पछि सन्तान पाँउदा आमाले पाउने खुसी भन्दा पनि बढी खुसी देखिन्छन् । कोरोनाकै डरका कारणले भए पनि उजाड बस्तीहरु भरिन थालेका छन । गाउँमा बिरलै देखिने युवापुस्ताहरू गाउँ भित्रीदा कोरोनाको डरका बाबजुद पनि गाउँमै एक किसिमको खुसीयाली छाएको देखिन्छ । गाउँका खेतियोग्य जमिनहरु जोतिन थालेका छन । मानिसहरु आफ्नो दैनिकीमा खुब ब्यस्त देखिन्छन् । स्वच्छ हावासँगै हरियाली छ यतिबेला गाउँवस्ती ।

विश्वभर फैलिदै गएको कोरोना भाइरसको महामारीले लाग्छ गाउँहरूलाई खास फरक पारेको छैन । नत कोरोनाको असरले गाउँलाई छोएको छ नत लकडाउनले नै । तर पनि गाउँमा एकखालको उत्सव छ सँगै कोरोनाप्रति सचेत छन् गाउँलेहरू । गाउँको आवश्यकता महशुस गरेका छन् शहर र विदेशबाट फर्केकाहरूले । उनीहरू चाहान्छन् विदेश जानू नपरोस् र शहर हिड्नु नपरोस् । सायद गाउँवस्तीलाई पनि लाग्दो हो । यसैगरी वितोस समय तर चिन्ता पनि लाग्दो हो, गाउँलाई कतै देशमा लकडाउन खुलेपिछ यी गाउँलेहरू गाउँ छोडेर त जाने होइन या मलाई बिर्सने त होइन !

Ad

सम्बन्धित समाचारहरु

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

एमसीसी भनिको के हो त ? भन्ने खुल्दुली सबैतिर रहेको छ। यो एमसीसी नेपाललाई दिने भनिको अमेरिकी अनुदान वा सहयोग रकम पचास करोड़ डलर हो ।  millennium challenge corporation अमेरिकन च्यालेन्ज कारपोरेशनका नाममा नेपाललाई करीब ५६ अर्व रुपैयाँ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकम लाई बिद्युत प्रसारण लाईन र सड़क स्तरउन्नतिमा लगाएर नेपाल लाई सम्रद्धितर्फ लान सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई सवैलाई भाग लगाएर खाने खतरा नेपालमा देखिन्छ।

नारायणहिटी तानाशाहको होईन हाम्रा अभिभावकको दरबार रहेछ !

जाँदा जाँदै,नारायण हिटि दरबार घेराउमा छ । नारायण हिटिमा राजाले सुन चाँदि हिरा मोति थुपारेर राखेका छन । त्यो नेपाली जनतालाई बाड्यो भने सबै नेपाली सुखि हुन्छन, भनेर अनेकौं अफवाह फैलाएर नेता आफु सत्ता मा पुगे । तर , जनताको स्तर त झन खस्किएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad