Namaste Icon
Ad
Ad

चीनद्वारा सुरक्षाकर्मीलाई विभिन्न सामग्री सहयोग

चीनद्वारा सुरक्षाकर्मीलाई विभिन्न सामग्री सहयोग

रसुवा । रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु गेट एक÷एक थान एवं मेटल डिटेक्टर पाँच थान रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

एकीकृतरूपमा भन्सारलगायत सुरक्षा अङ्गलाई व्यवस्थित जाँच परीक्षण भवनको निर्माण अगाडि बढिरहेको छ । यस्तो अवस्थामा सुरक्षा अङ्गबाट हातले छामेर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको र प्राप्त सहयोग सामग्रीले जाँच परीक्षणमा थप मद्दत पुगेको सशस्त्र प्रहरी २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताए ।

यसअघि पनि चीन सरकारले कोभिड–१९ लाई ध्यानमा राख्दै रसुवा जिल्लालाई तीन चरणमा खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरिसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।रासस

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad