Namaste Icon
Ad
Ad

Breaking : अल्का अस्पतालको आईसोलेसनमा भर्ना भएका ६५ वर्षीय पुरुषको मृत्यु

Breaking : अल्का अस्पतालको आईसोलेसनमा भर्ना भएका ६५ वर्षीय पुरुषको मृत्यु

ललितपुर। जावलाखेलस्थित अल्का अस्पतालको आईसोलेसनमा भर्ना भएका ६५ वर्षीय एक वृद्धको शुक्रबार मृत्यु भएको छ। ज्वरोसँगै खोकी समेत लागेका ती व्यक्तिलाई कोरोनाको आशंका गरेर स्वाब संकलन गरी परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

उनी नवलपरासी घर भएका व्यक्ति हुन् । बिहीबार अस्पताल पुर्याउनेबित्तिकै गरिएको उनको आरडीटी परीक्षण रिपोर्ट भने नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । पिसिआरको लागि उनको स्वाब संकलन गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन्।

Ad

सम्बन्धित समाचारहरु

अनाहकमा ३७ जनाले ज्यान गुमाएको त्यो कालो दिन

अनाहकमा ३७ जनाले ज्यान गुमाएको त्यो कालो दिन

चितवन । १५ वर्षअघि माडीको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्षले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो। तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

८ वर्षिया परितोसिकाको राष्ट्रप्रेम, ३ मिनेटको फेसबुक लाइभले वाहा वाही

चित्रकुमार कार्की, काठमाडौं । एउटी ८ वर्षीया बालिकाले देशप्रेमको मुद्दालाई यत्ति आकर्षक तरिकाले उठाइदिइन् कि उनी भाइरल त बनिन् नै हरेक नेपालीको रक्तकेशिकामा देश प्रेमको ज्वारभाटा उठाइन् । हेर्ने हरेक नेपालीको रगत उमाल्ने ३ मिनेट ४९ सेकेण्डको फेसबुक लाइभमा उनले भारतसँग बहादुरीका साथ लड्नुपर्ने सन्देश दिएकी छन् । ठूलाठूला आँखा बनाएर गालामा चिटचिट पसिना निस्किने गरी चिच्याउदै परितोशिका कार्कीले हिन्दीमै भारतीय कदमको विरोध र नेपाली स्वभिमानको चर्को आवाज उठाउँछिन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad