Namaste Icon
Ad
Ad

निजगढ उद्योग वाणिज्य संघले स्टक सामाग्री विक्रि गर्ने वातावरण मिलाउन पहल

निजगढ उद्योग वाणिज्य संघले स्टक सामाग्री विक्रि गर्ने वातावरण मिलाउन पहल

दिपेन्द्र जयसवाल, बारा । बाराको निजगढमा व्यवसायिले विक्रिका लागि राखेका सामाग्री नोक्सान हुन थालेपछि निजगढ नगर उद्योग वाणिज्य संघले स्टक सामाग्री विक्रि गर्ने वातावरण मिलाउन पहल गरेको छ । लकडाउनका कारण स्टकको रुपमा रहेका सामाग्री नष्ट भएर व्यवसायीहरु मर्कामा परेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार सतर्कता अपनाउँदै सबै पसल खोल्न र बिक्री वितरण गर्ने वातावरण मिलाउन पहल गरेको हो ।

संघको आह्वानमा भएको निजगढका व्यसायीहरुको भेलामार्फत व्यवसायिको गुनासोका आधारमा संघले पसल खोल्न पहल गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार निजगढका सबै पसल खोल्न नगरपालिकालाई पत्र बुझाउँदै अनुरोध गरेको छ । नगर उद्योग बाणिज्य संघ निजगढका अध्यक्ष रामकृष्ण नेपालको नेतृत्वमा नगरपालिकामा पुगेर नगरप्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेलाई कार्यालयमा भेटेर पत्र बुझाएका हुन ।

टोलीमा उपाध्यक्ष निर्मल भण्डारी, सचिव रामचन्द्र जैसवाल, सदस्य दिपेन्द्र श्रेष्ठ, गोविन्द न्यौपाने, ज्ञानेन्द्र चौलागाई, रामकृष्ण घिमिरे, सुभाष चौलागाई, संघका सल्लाहकार शम्भुबहादुर बुढाथोकी लगायत पुगेको थिए । संघले जिल्ला प्रशासनबाट छुट दिइएको सामाग्री आयात निर्यातमा अवरोध भईरहेको भन्दै सेनेटाईटर गरेर मापदण्ड पुरा गरेर भित्र्याउने वातावरण मिलाउन अनुरोध गरेको छ ।

नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै बजारमा सामाग्रीको अभाव हुन नदिने वातावरण मिलाउन अनुरोध गरेको हो । जिल्ला प्रशासान कार्यालय बाराले खाद्यान्न, तरकारी लगायतका अत्याआवश्यकीय बस्तुहरु जिल्लाभित्र ढुवानी गर्न स्वीकृति दिएको भएपनि नगरपालिकाको कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समितिले खाद्यान्न तरकारी लगायतका सामाग्रीहरुको आयातमा रोक लगाएको छ । निजगढ नगरपाकिाका मेयर सुरेश खनालले वाणिज्य संघको तर्फबाट भएको अनुरोधको बारेमा सरोकारवालाहरुसंग छलफल गरेर निर्णय गरिने प्रतिकृया दिएका छन ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad