Namaste Icon
Ad
Ad

एकसय भन्दा बढी यात्रु बोकेको विमान दुर्घटना (भिडियोसहित)

एकसय भन्दा बढी यात्रु बोकेको विमान दुर्घटना (भिडियोसहित)

एजेन्सी । पाकिस्तानमा आज भएको विमान दुर्घटनापछिका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । दुर्घटनापछि आगो लागेर कराँचीमा कालो धुँवा देखिएको तस्बिर र भिडियो भाइरल भएको हो ।

विमान कराँचीमा दुर्घटनाग्रस्त भएको हो । लाहोरबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको विमान दुर्घटनाग्रस्त भएको थियो । विमानमा यात्रुसहित एकसय भन्दा बढी सवार थिए । लाहोरबाट कराँची उडेको विमान विमानस्थलमा पुग्न १० मिनेट मात्र बाँकी थियो ।

विमान कराँची विमानस्थल नजिकै खसेको थियो । त्यसपछि ठुलो आगो लागेको थियो । घटनाको हताहती जानकारी आउन बाँकी छ ।

 



Ad

सम्बन्धित समाचारहरु

थपिए २७८ जना संक्रमित, कुल संख्या ३ हजार नजिक

थपिए २७८ जना संक्रमित, कुल संख्या ३ हजार नजिक

काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज २७८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

चन्द्रागिरिमा जेसिबी दुर्घटना हुँदा चालकको ज्यान गयो

काठमाडौँ। चन्द्रागिरि नगरपालिकामा जेसिबी डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad