Namaste Icon
Ad
Ad

बन्दाबन्दीमा प्रविधिमैत्री अनलाइन कार्यशाला

बन्दाबन्दीमा प्रविधिमैत्री अनलाइन कार्यशाला

ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरले लकडाउन अर्थात् बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै आयोजना गरेको दस दिने दक्षतामा आधारित प्रविधिमैत्री कार्यशाला शुक्रबार सम्पन्न भएको छ । नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा त्यसैगरी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका प्रमुख डा. तुलसीप्रसाद थपलियाको विशेष आतिथ्यता सहित संगठनका केन्द्रीय महासचिव हंस बहादुर शाही ,शिक्षा तालीम वाग्मती प्रमुख डा. तोयानाथ खनाल ,ललितपुर शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्र बराल ,संगठन सचिवालय सदस्य कमला थापा ,संगठनका केन्द्रीय लेखा समिति संयोजक विष्णु घिमिरे ,केन्द्रीय सदस्य रमा परियार ,नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मती प्रदेश अध्यक्ष नीर बहादुर कार्की ,सचिव राजेन्द्र कुमार श्रेष्ठ , पेशागत महासंघ वाग्मती अध्यक्ष कृष्णप्रसाद घिमिरे ,शिक्षकहित साकोसका अध्यक्ष हरिदेव यादव ,नेपाल शिक्षक महासंघ जिल्ला सचीव देवी दुलाल विभिन्न जिल्ला अध्यक्ष , सचिव ,प्रधानाध्यापक लगायत अतिथिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा १७० जनाको सहभागिता रहेको थियो।

परियोजना संयोजक दिनेश थापा( शिक्षक किटिनी मावि )का अनुसार कार्यशालालाई सहजीकरण गुगलका प्रशिक्षक सुशील उप्रेती ,गणेश तिमल्सिना ( शिक्षक प्रभात मावि ),प्रशान्त ज्ञवाली( विज्ञ ) ,केशवराज घिमिरे ( उपाध्यक्ष गण्डकी प्रदेश ),रामचन्द्र सुवेदी( शिक्षक किटिनी मावि ) ,दयाहरी खड्का ( जिल्ला सदस्य ) विरेन्द्र खड्का ( गण्डकी बोर्डिङ स्कुल , प्रधानाध्यापक ), प्रोफेसर डा. लक्ष्मण ज्ञवाली (सहायक डिन के यु) लगायतले सहजीकरण गरेका थिए ।

दश दिनसम्म चलेको कार्यशालामा हरेक दिन अतिथिद्वारा संगठनको भुमिका र शिक्षक हित सहकारीका बारेमा सहभागीलाई जानकारी गराइएको संगठनका जिल्ला सचिव एवं शिक्षकहित साकोसका ललितपुर उपाध्यक्ष शुक्र थापाले बताएका छन् । मूलत कार्यशालामा गुगल टुल्स,कम्प्युटर आधारभूत सीप,कम्प्युटर एयाप्लिकेशन,गुगल मिट,गुगल क्लासरुम,टुल्स एण्ड एयाप्लिकेशन,मुडल एलएममएस,इ लाइब्रेरी लगायतका नविनतम प्रविधिका विषयमा छलफल गर्दै यसलाई प्रयोग गरि विद्यार्थी सिकाइ क्रियाकलाप अगाडि बढाउन संगठन तयारी अवस्थामा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष एवम् कार्यशाला संयोजक सुरेन्द्रकुमार घिमिरेले जानकारी दिए । शिक्षकको पसिनाले खरिद गरिएको घरको ॠण चुक्ता गरि शिक्षकको पेशागत विकासका लागि सुविधा सम्पन्न तालिम तथा प्रशिक्षण हलको व्यवस्था छिट्टै नै गर्न लागिएको उनले जानाकारी दिए ।

प्रमुख अतिथि नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले दोस्रो विश्व युद्ध भन्दा कठिन मोडमा रहेको समयमा विना हतियार कोरोना भाइरसलाई जित्तै अत्यन्तै सुझबुझका साथी शिक्षकहरु प्रविधिमा पोक्त हुँदै विद्यार्थीसम्म पुग्नु पर्ने र यसका लागि आफुले निरन्तर शिक्षा मन्त्री र मन्त्रालयलाई ध्यानाकर्षण गराइरहेको अवगत गराए।

संगठनका केन्द्रीय अध्यक्ष एवम् विशेष अतिथि लक्ष्मण शर्माले यो मागमा आधारित कार्यशाला भएकाले भब्य र सभ्य रुपमा सम्पन्न भएकोमा धन्यवाद दिदै कुन तरिका र विधिले सम्पूर्ण विद्यार्थीलाई नियमित सिकाइमा ल्याउन सकिन्छ त्यो तुरुन्तै प्रयोगमा ल्याउनुपर्ने बताए । प्रविधिमा सबैको समतामूलक ढंगले काम गर्न कसरी सकिन्छ त्यो सोच्न जरुरी छ ,कर्मचारीले तालिम दिने शैली अन्त्य भएको उनको तर्क छ। शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख योगेन्द्र वरालले सिकाइ,साधन र प्रविधिलाई संगठनले प्रयोग निरन्तर गर्नेमा विश्वास रहेको बताए ।

वाग्मती तालिम केन्द्र प्रमुख डा. तोयानाथ खनालले राम्रो काम गर्न साइत हेर्नु पर्दैन भन्दै अनलाइन प्रविधि कार्यशालाको उच्च प्रसंसा गर्दै आफुहरुले पनि २५० शिक्षकलाई अनलाइनमा आधारित तालिम सुरु गरेको अवगत गराए । यसैगरी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा.तुलसीप्रसाद थपलियाले अब विद्यालयलाई सहज रुपमा सन्चालन गर्न यस्तै जुझारु संगठनले बहस सुरु गर्नु पर्नेमा जोड दिए ।सिकाइका विभिन्न नमूना हुन्छन् , जसलाई व्यवहारिक बनाउन कठिन छ भन्दै महानिर्देशक थपलियाले आगामी दिनमा निरन्तरता र प्रयासका कुरा महत्त्वपूर्ण हुने भन्दै कक्षाकोठामा पुर्याउन शुभकामना व्यक्त गरे ।

सहभागीहरुले कार्यशाला अत्यन्तै उपयोगी तथा प्रभावकारी रहेको बताएका छन् ।कार्यशाला २०७७ बैशाख ३१ गतेबाट सुरु भएको थियो । सहभागीलाई जिल्ला उपाध्यक्ष प्रकाश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

जब विद्यालयको प्राङ्गणमा गीत बज्न सुरु हुन्छ, क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन्

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् ।

दिपेन्द्र जयसवाल,बारा। नेपालको चौथो कोरोना संक्रमित मृतकका परिवारका सबै १२ जनाको पिसिआर रिपाेर्ट नेगेटिभ आएको छ। बाराको करैयामाई गाउँपालिका ७ उमजनका उनीहरुको जेठ १४ मा घरमै स्वाब संकलन गरिएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad