Namaste Icon
Ad
Ad

निजगढ प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई निसंक्रमण गरेर मात्रै प्रवेश दिईने

निजगढ प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई निसंक्रमण गरेर मात्रै प्रवेश दिईने

बाराको निजगढ प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई निसंक्रमण गरेर मात्रै प्रवेश दिईने भएको छ ।पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ बजार क्षेत्र प्रवेश अघीनै सवारीसाधानहरुलाई निसंक्रमण गर्ने व्यवस्था मिलाईएको छ ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि बजार प्रवेश गर्ने स्थान ‘लालबकैया पुल छेउ’ मा निसंक्रमण टनेल निर्माण गरिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले जानकारी दिएका छन ।नगरपालिकासँगको सहकार्यमा खानि तथा क्रसर व्यवसायी संघ निजगढले टनेल निर्माण गरेको हो ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad