Namaste Icon
Ad
Ad

कालापानी क्षेत्रमा भारतले बढायो हवाई गस्ती

कालापानी क्षेत्रमा भारतले बढायो हवाई गस्ती

दार्चुला । नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।

भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एकरदुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२र१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने । भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए ।

धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ । ‘व्यास (भारततर्फ) क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ ।’

पहिले बाटोको समस्या हुँदा हेलिकप्टरबाटै मानिसलाई माथि पुर्‍याउने गरिएको थियो । बाटो बनेपछि भने गत वर्षबाट भारततिरका नागरिक पैदल माथिल्लो क्षेत्र जाने गरेका छन् ।

भारतले अहिले धार्चुलाबाट भन्दा पिथौरागढलगायत क्षेत्रबाट हवाई उडान बढी गरिरहेको छ । यसअघि भारतले धार्चुलाबाटै व्यास क्षेत्रमा सबै किसिमको उडान भथ्र्यो । यो वर्ष दिल्लीबाट पनि हेलिकप्टर कालापानी क्षेत्रमा आइरहेको भारतीयलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Ad

सम्बन्धित समाचारहरु

अनाहकमा ३७ जनाले ज्यान गुमाएको त्यो कालो दिन

अनाहकमा ३७ जनाले ज्यान गुमाएको त्यो कालो दिन

चितवन । १५ वर्षअघि माडीको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्षले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो। तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

८ वर्षिया परितोसिकाको राष्ट्रप्रेम, ३ मिनेटको फेसबुक लाइभले वाहा वाही

चित्रकुमार कार्की, काठमाडौं । एउटी ८ वर्षीया बालिकाले देशप्रेमको मुद्दालाई यत्ति आकर्षक तरिकाले उठाइदिइन् कि उनी भाइरल त बनिन् नै हरेक नेपालीको रक्तकेशिकामा देश प्रेमको ज्वारभाटा उठाइन् । हेर्ने हरेक नेपालीको रगत उमाल्ने ३ मिनेट ४९ सेकेण्डको फेसबुक लाइभमा उनले भारतसँग बहादुरीका साथ लड्नुपर्ने सन्देश दिएकी छन् । ठूलाठूला आँखा बनाएर गालामा चिटचिट पसिना निस्किने गरी चिच्याउदै परितोशिका कार्कीले हिन्दीमै भारतीय कदमको विरोध र नेपाली स्वभिमानको चर्को आवाज उठाउँछिन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad