Namaste Icon
Ad
Ad

काठमाडौंमा एक सहित थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौंमा एक सहित थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो ।

उनका अनुसार नयाँ सङ्क्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौंमा एक, रुपेन्देही आठ र चितवनका एक जना छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन् ।

सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् । यसैगरी नयाँ सङ्क्रमितमा काठमाडौंका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महागरपालिका वडा नं ६ का ५२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

आज भेटिएका नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको छ । हिजो शुक्रबार मात्रै ५९ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ७० जना पूर्णरूपमा सञ्चो भइ घर फर्किसकेका छन् । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

अनाहकमा ३७ जनाले ज्यान गुमाएको त्यो कालो दिन

अनाहकमा ३७ जनाले ज्यान गुमाएको त्यो कालो दिन

चितवन । १५ वर्षअघि माडीको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्षले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो। तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

८ वर्षिया परितोसिकाको राष्ट्रप्रेम, ३ मिनेटको फेसबुक लाइभले वाहा वाही

चित्रकुमार कार्की, काठमाडौं । एउटी ८ वर्षीया बालिकाले देशप्रेमको मुद्दालाई यत्ति आकर्षक तरिकाले उठाइदिइन् कि उनी भाइरल त बनिन् नै हरेक नेपालीको रक्तकेशिकामा देश प्रेमको ज्वारभाटा उठाइन् । हेर्ने हरेक नेपालीको रगत उमाल्ने ३ मिनेट ४९ सेकेण्डको फेसबुक लाइभमा उनले भारतसँग बहादुरीका साथ लड्नुपर्ने सन्देश दिएकी छन् । ठूलाठूला आँखा बनाएर गालामा चिटचिट पसिना निस्किने गरी चिच्याउदै परितोशिका कार्कीले हिन्दीमै भारतीय कदमको विरोध र नेपाली स्वभिमानको चर्को आवाज उठाउँछिन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad