# भर्खरै
Namaste Icon
Ad
Ad

बाराका सञ्चारकर्मीकी पत्नीमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

बाराका सञ्चारकर्मीकी पत्नीमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

दिपेन्द्र जयसवाल, बारा । जिल्ला सदरमुकामबाट प्रशारित एक एफएममा कार्यरत कोरोना भाईरसको संक्रमित सञ्चारकर्मीकी पत्नीलाई पनि कोरोना संक्रमण भएको छ । बाराको करैयामाई गाँउपालिका ५ का सञ्चारकर्मीकी पत्नी ३७ वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले शनिबार विहान विज्ञप्ती प्रकाशन गरेर बारामा थप एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमित पत्रकारको परिवारका ८ जनाको स्वाब संकलन गरिएको जानकारी दिए ।

पतिलाई संक्रमण पुष्टि भएसंगै उनीसहित ८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित सञ्चारकर्मीको परिवारलाई करैयामाई गाउँपालिकाको क्वारेनटाईनमा राखिएको थियो । उनको पत्नी र दुई छोरा र एक छोरीलाई क्वारेनटाईनमा थियो । बारामा थप एक जनामा संक्रमित बढेको छ । शनिबार एक जना थपिएसंगै बारामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । शुक्रबार राती ६ जना थपिएका थिए ।

सिम्रौनगढस्थित कंकाली क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो । भारतबाट एक साताअघि नेपाल आएका ५२ जनालाई बुधबार गरिएको स्वाब परीक्षणमा ६ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । बारामा दुई जना जमाती, एक÷एक जना प्रहरी र सञ्चारकर्मी र उनकी पत्नी, एक जना ग्यास व्यापारी र ६ जना भारतबाट फर्किएका मजदुरलाई संक्रमण पुष्टि भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १ र कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा १ जना र करैयामाई गाँउपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित तीन जना वीरगञ्ज र अरुको कलैया अस्पतालमा उपचार भईरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad