# भर्खरै
Namaste Icon
Ad
Ad

बन्दाबन्दीका कारण मह बिक्री भएन, पाँच सय किलो मह फार्ममा नै रोकियो

बन्दाबन्दीका कारण मह बिक्री भएन, पाँच सय किलो मह फार्ममा नै रोकियो

सुशीला रेग्मी, रामपुर । वर्षेनी मह बेचेर राम्रो कमाइ गर्ने पाल्पा बगनासकाली गाउँपालिका– ८ बस्ने पशुपति बस्यालले यस पटक भने बन्दाबन्दीका कारण मह बिक्री गर्न गर्न पाएका छैनन । उत्पादित करीब पाँच सय किलो मह फार्ममा नै रोकिएपछि कहिले बन्दाबन्दी खुल्छ भन्ने चिन्ताले उनलाई सताएको छ ।

हिमाली बी कन्स्ट्रक्सन फार्म दर्ता गरी विसं २०५२ देखि बस्यालले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन । उनको फार्ममा हाल ३८८ आधुनिक घार छ । यी घारबाट वर्षमा करीब आठदेखि दश क्वीन्टलसम्म मह उत्पादन हुन्छ ।“उत्पादित मह बेच्न पाइएको छैन, बन्दाबन्दी कहिलेसम्म हुने हो निश्चित छैन, न घार बिक्छ न मह नै, हामी व्यवसायी मा रमा परेका छौँ”, बस्यालले गुनासो पोखे ।

बजारमा हाल प्रतिकिलो रु ८०० मा मह बिक्री हुने गरेको छ । यहाँ उत्पादित मह र घार पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही, सल्यान, रुकुम, गोरखालगायत जिल्लामा खपत हुँदै आएको छ । बन्दाबन्दीले उत्पादित मह र गोला नबिक्दा व्यवसायीलाई फार्म सञ्चालन गर्न समस्या परेको उनको भनाइ छ । उनी दुई पटकसम्म गाउँपालिकाले उपलब्ध गराएको सवारी पास लिएर विभिन्न ठाउँमा मह लिएर जानखोजे तर जान नपाएपछि फर्किनु परेको बताए । बस्यालले चार कामदार राखेर व्यवसाय चलाएका छन ।

बगनासकाली गाउँपालिका क्षेत्रमा मात्र व्यावसायिक रुपमा मौरीपालन गर्ने कृषक २० जना छन् । गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने गरी ७५ प्रतिशत कृषकका घरमा कम्ती एक घार मौरीपालन गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले बताए ।

यहाँका वडा नं १ चिर्तुङ्गधारा, ७ को खानीगाउँ र ८ का बराङ्गदी क्षेत्र मौरीको पकेट क्षेत्र हुन् । यस वर्ष गाउँ कार्यपालिकाको पाँचौँ गाउँसभाबाट स्वीकृत कृषि कार्यक्रमअन्तर्गत मौरी गोला, खाली मौरीघार, मौरीजन्य सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । सोअन्तर्गत २३ मौरी गोलाघार र ४२ खाली घारलगायत मौरीजन्य सामग्री वितरण गरिएको हो ।

बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन विगत वर्षदेखि नै मौरीसम्बधी विभिन्न अनुदानका कार्यक्रममार्फत कृषकलाई मौरी पेशाप्रति संलग्न हुन प्रेरित गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
मौरीघार बिक्री गरेर वर्षमा रु दश लाख बराबरको कमाइ गर्ने रामपुर नगरपालिका ६ स्थित न्यौपाने मौरी उद्योगमा यस वर्ष बिक्री गर्न तयारी अवस्थामा रहेका गो लासहित ६० घार र खाली घार १५० छन् । बन्दाबन्दी का असरले बिक्री नहुँदा करीब रु दश लाख जति नोक्सान हुने अनुमान गरिएको सञ्चालक हुमनाथ न्यौपानेले बताए उनको उद्योगमा पाँच जनाले रोजगार पाएका थिए तर अहिले बन्दाबन्दी भएपछि घर फर्किएका छन् ।

रामपुर क्षेत्रमा हाल व्यावसायिक तवरले मौरीपालन गर्ने कृषक २० जना रहेकामध्ये कम्तीमा पाँच देखि बढीमा ५० घारसम्म व्यवसाय गर्ने रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । यस वर्ष शाखा कार्यालयबाट मौरीपालनसम्बन्धी कार्यक्रम समेटिएको छैन तर वडा नं १ मा वडाको बजेटमा अनुदानमा मौरीघार वितरण गर्ने कार्यक्रम भने तय गरिएको छ । नगरका वडा नं १, २ र ७ को माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त क्षेत्र हुन् ।

निस्दी गाउँपालिकामा पनि पछिल्लो समय मौरीपालन व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन् । तीन वर्षदेखि यस व्यवसायमा लाग्नुभएका निस्दी ६ अर्चलेका ठाकुर सिङ्जाली व्यवसाय विस्तार गर्न २० घार थप्ने योजना बनाए पनि घार खरीद गरेर ल्याउन नपाएको गुनासो गर्नुहुन्छ । उनको फार्ममा हाल २२ आधुनिक घार छन् । उनी वर्षमा रु ६० हजारको मह बिक्री गर्छन ।

गाउँपालिकाका वडा नं २ सहलकोटमा १३, वडा नं ३ को झिरुवासमा सात, ५ को गल्धामा पाँच र ६ को अर्चलेमा दुई कृषक व्यावसायिक तवरबाट मौरीपालनमा लागेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताए । डाँडाभेग क्षेत्र मौरीपालनका लागि सम्भावना बोकेको हुँदा पछिल्लो समय यहाँका कृषक उत्साहका साथ व्यवसायमा लागेको अवस्थामा घार खरीद गरेर घरमा ल्याउन नपाएपछि चिन्तामा रहेको कोइरालाको भनाइ छ । मह र घार बिक्री गरेर कृषकले राम्रो कमाउन सकिने र स्थानीय तहले अनुदानमा घार उपलब्ध गराउन थालेपछि जिल्लामा मौरीपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । रासस

Ad

सम्बन्धित समाचारहरु

मलको अभावले बाराका किसानहरू मर्कामा

मलको अभावले बाराका किसानहरू मर्कामा

दिपेन्द्र जयसवाल,बारा। विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) प्रकोपका बिच कृषि क्षेत्रलाई प्रोत्साहन गरी आन्मनिर्भरता बढाउँदै लैजानुपर्ने बहस चलिरहेका बेला बाराको किसान भने खेतीमा गरिएको लगानी समेत जोगिँदैन भन्ने चिन्तामा छन् ।

कोरोना भन्दा सयौं गुणा खतरा मानिएको सलह, कसरी नियन्त्रण गर्न सकिन्छ ?

एजेन्सी । सलह करोडौंको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा हो। यसको पछाडिको खुट्टा मोटो हुन्छ। मरुभूमि क्षेत्रमा पाइने किरा भएकाले उच्च तापक्रम अर्थात् ४० देखि ४५ डिग्री सेल्सियससम्म यो बाँच्छ र बढी सक्रिय हुन्छ । २० डिग्रीभन्दा कम तापक्रम भयो भने यो सक्रिय हुँदैन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad