# भर्खरै
Namaste Icon
Ad
Ad

उत्कृष्ट बने ट्राफिक हवलदार पौडेल

उत्कृष्ट बने ट्राफिक हवलदार पौडेल

चित्रकुमार कार्की, उदयपुर । ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत हवल्दार तिलक पौडेल बैशाख महिनाको प्रदेश १ को उत्कृष्ट ट्राफिक प्रहरीमा घोषित भएका छन । पौडेलले बिभागिय नीति बमोजिम ब्यबसायिक ढंगबाट लगनशिल एवं कर्तब्यनिष्ट तबरले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी बिशेष भुमिका निर्वाह गरेको कारण उत्कृष्ट ट्राफिक प्रहरी घोषण गरीएको ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनले विशेषगरि कोरोना संक्रमणको जोखिममा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका वडा न ३ भुल्के इलाकामा घर घरमा गई जनचेतनामुलक सन्देश सम्प्रेषण गरी तपाइहरुको सुरक्षाको लागी हामी छौ घर भित्रै बस्नुस अत्याबश्क सामान लिन जाँदा माक्स पन्जाको अनिबार्य प्रयोग गर्नुस सामाजिक दुरी कायम गर्नुस जस्ता सचेतनामुलक सन्देश प्रबाह गरेका थिए । साथै पौडेलले लकडाउनको समयमा सवारी पास लिइ वा नलिइ संचालनमा भएको सवारी साधनको चालक, सह चालक समेतलाइ कोरोना भाइरसबाट सुरक्षित हुने उपायको बारेमा सडकमै चेतना अभिबृद्धि गराउने कार्यमा सक्रियता देखाइ प्रशंसनिय कार्य गरेकोले २०७७ साल बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरीएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले सो जानकारी दिएका हुन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad