# भर्खरै
Namaste Icon
Ad
Ad

युवानेता रिजालको प्रश्न : नेपालले नयाँ नक्शा सार्वजनिक गर्दा बाबुराम जी लाई छटपटी किन ?

युवानेता रिजालको प्रश्न : नेपालले नयाँ नक्शा सार्वजनिक गर्दा बाबुराम जी  लाई छटपटी किन ?

काठमाडौं । नेकपाका युवा नेता राम प्रसाद रिजालले नेकपा नेतृत्वको सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नंक्सा सावृजनिक गरेर ऐतिहासिक क्रान्तिकारी काम गरेको बताएका छन । दर्पण दैनिकसँग कुरा गर्दै उनले बर्षैं देखि विभिन्न सरकारहरुले गर्न नसकेको काम नेकपाको सरकारले गरेर फेरि एकपटक नेपाली जनताको मुहारमा खुसि ल्याएको बताए ।

संविधान संशोधन गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ को अनुसुची ३ अन्तर्गत निशान छाप परिवर्तन गर्ने निर्णयले भारतीय विस्तारवादका एजेन्टहरु जलेका नेता रिजालले टिप्पणी गरे । उनले भने, 'ऐतिहासिक कदमको विरोध गर्ने र खुसी हुन नसक्नेहरु राष्ट्रवादी हुन नसक्ने सरिता गिरीले संसदमा दिएको अभिव्यक्ति बारे नव गठित जनता समाजवादीका नेताहरु मौन हुनुले बाबुराम भट्टराई उपेन्द्र यादव महन्त ठाकुर राजेन्द्र महतो हरुको असली राष्ट्रवाद घाम जस्तै छर्लंग भएको छ ।'

नेता रिजालले बाबुराम भट्टराईले सरकारले जारि गरेको नयाँ नक्सा नेपालको मिचिएको भुभाग समेटेर बनाएको विषयमा दिएको छट्पटी सहितको अभिव्यक्ति आउनु नेपाली जनता तथा देशकै लागि घातक भएको बताए । उनले भने, 'खुसी हुनु नसक्नुले बाबूराम जी भारतको गोटी भएको प्रमाणित गर्दछ । भट्टराई जी लाई मातृभूमि भन्दा भारतको लगानी सहयोग गुम्ने डरको चिन्ता हुनुले देशप्रेमी जनतालाई झस्काएको छ ।'

एक मधेस एक प्रदेशको नारा वा ऐजेण्डा अडिग भएका मधेसवादी दलहरूको विगत लाई हेर्दा र सरिता गिरीको अभिव्यक्तिले निक्कै प्रश्नहरु जनमाएको नेता रिजालले बताए । उनले भने, 'राष्ट्रभाषा नेपालीलाई लत्याएर संसदमा वोल्दा हिन्दी भाषा प्रयोग गर्ने मधेसवादी दलहरू लाई म प्रश्न गर्न चाहान्छु भारतको संघीय संसदमा कसैले नेपालीमा बोलेको थाहा छ ?'

नेकपा नेतृत्वको सरकारले नक्सामा समेटिएको भारत ले मिचेका भु भागहरु फिर्ता लिएरै छोड्ने र जसलाई नेपाली जनता तथा विश्व समुदायले साथ दिने नेता रिजालको दावी छ । भारतका वरिष्ठ पत्रकार आनंद स्वरुप बर्माले भारतको एक चर्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोमा कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको दावी गरेका थिए, यसले नेपालीहरुलाई अझैं उत्साहित बनाएको नेता रिजालको तर्क छ ।

Ad

सम्बन्धित समाचारहरु

बैठकभत्ता राज्यकोषमा जम्मा गर्ने नारायणकाजी श्रेष्ठको घोषणा

काठमाडौँ। राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता आफूले नलिई राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad