# भर्खरै
Namaste Icon
Ad
Ad

सफलताको अचुक सुत्र ‘समिक्षा’ हो

सफलताको अचुक सुत्र ‘समिक्षा’ हो

रमेश रसाईली, काठमाडौँ ।

समीक्षा भन्ने शब्दले धेरै कुरालाई सुधार गरी सफलता दिलाउन मदत पुर्याउँछ । तपाईं हामीले गरेको कुनै पनि काम, व्यापार, व्यावसायहरू ठिक ढंगसँग गरेका छौ या छैन भनेर सोच्ने बानीको विकास छैन । समीक्षा गर्नलाई समय छैन । आजको यो दौडधुपको जिन्दगीले गर्दा हामीले गर्ने गरेको काम ठीक छ की छैन भनेर गर्नुपर्ने समीक्षाको लागि फुर्सद निकाल्न सकिरहेका छैनौं । थिएनौँ । तर अहिले हामी लकडाउनका कारण घरमा छौँ । त्यसकारण यतिखेर हामीसँग प्रशस्त समय छ । यो समय हामीले बिगतमा गरेका कार्यहरूको समीक्षा गर्नमा लगाउने राम्रो अवसर मिलेको छ । हामीले जानेर वा नजानेर, चाहेर वा नचाहेर गर्न नसकेको समीक्षा गर्न सक्छौ । हामीले गरेका कुनै पनि कामको लक्ष्य तथा योजनाहरू राम्रो भएर नि कता कता सफल वा राम्रोसंग भईरहेको छैन भने अखिर कहाँ चुकियो या कहाँ कमजोर भयो त ? समिक्षाको सहाराले ती कमीकमजोरीहरु पता लगाउन सक्छौँ । योजना राम्रो र दिनरात नभनेर मेहनत गर्दा पनि परिणाम राम्रो हुन सकिरहेको छैन भने हामी धेरै अतिन्छौ, निराश हुन्छौ । त्यसले काम गरिरहेको काम बिग्रिन्छ । बिग्रिन सक्छ ।

काम सानो होस या ठुलो, धेरै होस या थारै सबैले सो कामबाट सफलता हाँसिल गर्न खोज्छ, तर बिडम्बना कमै मान्छेमात्र सफल हुन्छन् । यसको कारण हामीले गरेको काम वा लिएको योजना अनुरुप काम भएको छ कि छैन भनेर समयमै नजाँच्नु हो । यसका लागि राम्रो समधान र सफलता हाँसिल गर्न मद्दत पुर्याउने एकमात्र उपाय भनेको समिक्षा हो । हामी साथीभाई या अरू कोहीसँग सल्लाह पनि लिन सक्छौ र लिन्छौ पनि । तर पनि उचित सललाह तथा परामर्शको अभावमा समाधानको बाटो पाउन सकिरहेका हुदैनौँ । त्यसैले हामीले गरिरहेका कार्ययोजनाबारे एक चोटि ठण्डा दिमागले सोचौँ । हामीले के उदेश्य लिएर काम कार्य सुरू गर्यौ र कसरी गर्नुपर्ने थियो, के हामीले गरिरहेको कार्य वा निर्णय सहि छ, कति बेला कसरी कार्य गर्ने, कहाँकहाँ सहि भो वा गलत भो भनेर एकाएक गरि समिक्षा गरेर हेरौँ ।

तपाईं हामी अरूले गरेको कामहरूमा खोट कमीजोरी सजिलै देख्ने सक्छौ । यसो भएन उसो भएन भनेर आलोचना खुब गर्छौ । यसरी गर्नु पथ्र्यो, उसो गरेको भए काम बिग्रिदैन थियो । अब यसो गर, उसो गर भनेर सल्लाह सुझाव दिन्छौं तर आफ्नै काममा यदि बिग्रिएमा हामी आत्म आलोचना गर्दैनौँ या गर्न चाहन्नौ । गर्न जरुरी पनि ठान्दैनौँ । यो गलत हो । यदि हामी आफुले आफैमा आत्मा आलोचना गल्ती कमीकमजोरीलाई स्वकार गरी अगि बढ्ने हो भने आगामी दिनमा गल्ती कमीकमजोरीलाई सुधार गरेर लान सकिन्छ । तपाँई हामीले गरेका हरेक काम कार्यहरू कहाँ कमजोरी भए र आगामी दिनमा त्यस्ता कमीकमजोरीलाई सुधार गर्न मदत पुग्न सक्छ । कुनै पनि कुरा बिग्रिएका कामलाई सपार्न नसकिए पनि अर्को पल्ट बिग्रिनबाट जौगाउन सकिन्छ । यसैले आफुले गरेका कामहरूमा आफैले समीक्षा गरि कमीकमजोरी पता लगाएर गल्ति कमीकमजोरी हुनबाट जोगाउन वा बचाउन सक्छौ । आगमी दिनमा सफलताको शिखरमा पुग्न कसैले रोक्न छेक्न सक्दैन ।

समीक्षा व्यापार व्यावसायी योजना जगिरमा मात्र होइन हामीले हाम्रो नाता सम्बन्ध, परिवार, साथीभाईबिचमा पनि गर्न सक्छौ । यसले हाम्रो नाता परिवार साथीभाईबिचको सम्बन्धलाई अझ गाढा र खुसियाली राख्न सक्छ । यो दुनियाँमा पारिवारिक सम्बन्ध, खुशी सबैभन्दा ठूलो खुशी हो । तपाँई जति सफल सम्पन्न भए पनि परिवारमा खुशीयाली छैन भने दुखित हुनुहुन्छ । त्यसैले परिवारिक खुशी, व्यापार, व्यवासय तथा अन्य सबै काममा सफलता दिलाउन हामीले हरेक चिजमा समीक्षा गर्न जरुरी छ । त्यसैले समिक्षा गर्ने बानी सिकौँ । समिक्षा गर्ने बानीको विकास गरौँ ।

 

Ad

सम्बन्धित समाचारहरु

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

एमसीसी भनिको के हो त ? भन्ने खुल्दुली सबैतिर रहेको छ। यो एमसीसी नेपाललाई दिने भनिको अमेरिकी अनुदान वा सहयोग रकम पचास करोड़ डलर हो ।  millennium challenge corporation अमेरिकन च्यालेन्ज कारपोरेशनका नाममा नेपाललाई करीब ५६ अर्व रुपैयाँ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकम लाई बिद्युत प्रसारण लाईन र सड़क स्तरउन्नतिमा लगाएर नेपाल लाई सम्रद्धितर्फ लान सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई सवैलाई भाग लगाएर खाने खतरा नेपालमा देखिन्छ।

नारायणहिटी तानाशाहको होईन हाम्रा अभिभावकको दरबार रहेछ !

जाँदा जाँदै,नारायण हिटि दरबार घेराउमा छ । नारायण हिटिमा राजाले सुन चाँदि हिरा मोति थुपारेर राखेका छन । त्यो नेपाली जनतालाई बाड्यो भने सबै नेपाली सुखि हुन्छन, भनेर अनेकौं अफवाह फैलाएर नेता आफु सत्ता मा पुगे । तर , जनताको स्तर त झन खस्किएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad