Namaste Icon
Ad
Ad

सैनिक अदालतको फैसलाः महासेनानी अधिकारीलाई पदबाट हटाउने

सैनिक अदालतको फैसलाः महासेनानी अधिकारीलाई पदबाट हटाउने

काठमाडौं । सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा एक महासेनानीलाई पदबाट हटाउन र सो कार्यमा संलग्न अन्यलाई कसुर अनुसारको कारबाही गर्ने फैसला गरेको छ। सैनिक अदालतले शुक्रबार श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा महासेनानी भुपालमान अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला गरेको हो।

महासेनानी अधिकारीले सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो। सैनिक अदालतले छानबिन समितिको प्रतिवेदनका आधारमा यही जेठ ६ गते फैसला गरेको र सो फैसला शुक्रबार सम्बन्धितहरुलाई सुनाइएको हो।

अदालतले महासेनानी अधिकारीले गैरकानुनी रुपमा आर्जन गरेको एक करोड ८५ लाख ४० हजार १ सय ८ रुपैया ११ पैसा असुल उपर गर्ने निर्णय समेत गरिरेको छ।

त्यस्तै सोही अभियोगमा सैनिक अदालतले प्रमुख सेनानी देवबहादुर क्षेत्रीलाई दुई वर्ष बढुवा रोक्का गर्ने र ४ लाख ४० हजार असुल उपर गर्ने फैसला गरे्को छ।

यसैगरी अदालतले हुद्धा ज्ञराज पोखरेललाई सेवाबाट हटाउने र तीन लाख साठी हजार असुल उपर गर्ने, हुद्धा गणेश बहादुर अधिकारीलाई दुई वर्ष तलव वृद्धि रोक्का गर्ने र दश हजार असुल उपर गर्ने, लेखा सह सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई दोषी ठहरिएकाले नसियत दिने फैलसा गरेको छ।

यसैगरुी अदालते सोही मुद्दामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला समेत गरेको छ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेहरुलाई कारबाही गरिएको जनाएको छ।

सेनाले भ्रष्टाचारको अन्त्य गर्ने कडा नीति अख्तियार गर्दै भविष्मा समेत सैनिक अनुशासन र आचरणबिरुद्धको क्रियाकलापमा शुन्य सहनशीलताअपनाउने नीति लिएको जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण - तयारीमै ६७ करोडभन्दा बढी रकम खर्च

दिपेन्द्र जयसवाल,बारा। बाराको निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुअघि तयारी कार्यका लागि ६७ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । विमानस्थलको चार किल्ला घेर्न ५४ किलोमिटर लम्बाइ तारबार गर्दा ४ करोड ४३ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाइयो, अन्त्यष्टिपछि कोरोना पुष्टि

कैलालीमा कोरोना भाईरसका कारण मृत्यु भएकी महिलाको पिसीआर रिपोर्ट आउनुपूर्व नै आफन्तलाई शव बुझाइएको र उनको अन्तेष्टि भई सकेपछि संक्रमण पुष्टि भएको खुलेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad