Namaste Icon
Ad
Ad

बडिखेलमा रक्तदान सम्पन्न, २७ जनाले दिए रगत

बडिखेलमा रक्तदान सम्पन्न, २७ जनाले दिए रगत

ललितपुर । गोदावरी नगरपालिका ४, बडिखेलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बडिखेल बचत तथा ऋण सहकारी संस्था र बडिखेल टोल सुधार समाजको संयुक्त आयोजना तथा ब्लड डोनर एसोसिएन (ब्लोदान) ललितपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बडिखेल क्षेत्रका रक्तदाताहरुले कोरोना संक्रमणको जोखिमको समयमा रगत अभाव नहोस् भन्ने उदेश्यले रक्तदान गरिएको बताए। रक्तदाताहरुमा वडाका जनप्रतिनिधिहरु, आयोजक संस्था बडिखेल सहकारीका अध्यक्ष तथा संचालकहरु तथा स्थानीयवासीहरु रहेका छन् । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले जीवन बचाउने सत्कर्मको रुपमा रक्तदान कर्म रहेकोेले स्वस्थ्य व्यक्तिले रक्तदानमा सहभागी हुनुपर्ने बताए ।

गोदावरी नगरपालिका ४ का वडाअध्यक्ष मुकुन्दबहादुर पहरीले रक्तदानले धेरैको जीवन बचाउने हुँदा आफुले करीब ३० बर्षअघिदेखी रक्तदानमा सहभागी भएको बताएका थिए । यस्तै ब्लोदानका अध्यक्ष साधुराम महर्जनले ललितपुर जिल्लाभर लकडाउनमा सबैजसो स्थानीय तहमा घरदैलो रक्तदाता कार्यक्रम अभियानको रुपमा सञ्चालन भइरहेको जानकारी दिए।

बडिखेल सहकारीका अध्यक्ष राम केसीले बार्षिक रुपमा रक्तदान कार्यक्रमलाई नियमित कार्यक्रमको रुपमा संचालन गर्दै जाने बताए । सहकारीले गर्ने सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बडिखेल सहकारीका निवर्तमान अध्यक्ष बाल मुकुन्द आचार्यको भनाई छ।

बडिखेलस्थित श्री पथ प्रदर्शक माविको प्रागंणमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको वडा सदस्य कृष्ण मुरारी घिमिरे जानकारी दिएका छन् । उक्त कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

प्युठानमा पाँच सय बढीको रिर्पोट आउन बाँकी

प्युठानमा पाँच सय बढीको रिर्पोट आउन बाँकी

प्यूठान । जिल्लाबाट स्वाव सङ्कलन गरि पठाइएका मध्ये शनिबारसम्म पाँच सय ११ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ । हालसम्म जिल्लाबाट छ सय ८४ जनाको पीसीआर जाँचका लागि स्वाव सङ्कलन गरि विभिन्न प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बाजुरा । खप्तड छेडदह गाउँपालिकाको क्वरेन्टीनमा शनिबार एक जनाको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad