# भर्खरै
Namaste Icon
Ad
Ad

कारोनाको प्रभाव र समस्या समाधान बारे काठमाण्डौ फोटोग्राफर संघद्धारा छलफल

कारोनाको प्रभाव र समस्या समाधान बारे काठमाण्डौ फोटोग्राफर संघद्धारा छलफल

काठमाडौं । काठमाण्डौ फोटोग्राफर संघले संस्थाका सल्लाहकार तथा सुभचिन्तकलाइ समेटेर अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कारोना माहामारीको कारण पछिल्लो समय सवै क्षेत्र धराशायी हुदैं गएपछि कसरी समस्याको समाधान खोजि गर्ने लगायतका विषयमा कुरा गर्न सामाजिक सञ्जाल जुम मार्फत अन्र्तक्रिया गरेको हो । अन्र्तक्रियामा

५० हजार भन्दा बढी स्वरोजगारी फोटो व्यवसायिलाइ कोभिड १९ ले पारेको असर बेरोजगारिको समस्या र समाधानको खोजीका लागि छलफल गरिएको बरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेतले जनाकारी दिए ।

सहभागी सबैबाट फरक फरक समस्या र समाधानका साथै पेशालाइ जोगाउन अपनाउनु पर्नेमा महत्वपुर्ण तर्क र उपायहरू आएको बताइएको छ । सरकारबाट राहतको घोषणा गर्न माग गनुपर्ने मा अधिकांशले जोड दिएका थिए । सरकारबाट उपयुक्त राहात घोषणा गरिनेमा आफूहरु आशाबादी भएको फोटोग्राफरहरुले बताएका छन ।

Ad

सम्बन्धित समाचारहरु

देउता चढेपछि नाच्दै धामीझाँक्री

देउता चढेपछि नाच्दै धामीझाँक्री

मुगु जिल्लास्थित रुगा गाउँमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सोमबार थार्प मष्टो, धलपुरा, भवानीलगायत देवताका धामी देवता चढेपछि नाच्दै । कर्णालीका बस्तीमा विभिन्न देउता मान्दछन् खास गरी मष्टो मान्ने भएकाले मष्टोका विभिन्न रुपमा आउने देवताका धामी जनैपूर्णिमाका दिन आफ्नो शक्ति देखाउने गर्दछन् ।

‘कोभिड १९ फोटो प्रतियोगिताको पोस्टर सार्वजनिक

‘कोभिड १९ फोटो प्रतियोगिताको पोस्टर सार्वजनिक

काठमाडौं । कोभिड १९ फोटो प्रतियोगिताको आयोजना गरेको फोटो पसल प्रालि आफ्नो पोस्टर सार्वजनिक गरेको छ । कोभिड १९ बाट नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता संगै कोभिड १९ को असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेज तयार गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना हो । प्रस्तुत ‘कोभिड १९ फोटो प्रतियोगीता’ मा देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार एवं फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले समेत निशुल्क प्रतियोगितामा सहभागी हुन सक्नेछन । कार्यक्रमको मुख्य सहयोगीमा www.facebook.com/samyakdiagnostic, www.samyakdiagnostic.com एवं सहयोगीहरूमा ओके दाम प्रालि र सुपर डिजिटल कलर ल्याव रहेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad