Namaste Icon
Ad
Ad

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

रेखा खुलाल मगर
चीनको वुहानमा डिसेम्बरको अन्त्यतिर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले अहिले विश्वभरी नै फैलिएर सिंगो मानव सभ्यतालाई नै अस्तब्यस्त बनाएको छ। वुहानमा कोरोनाले हजारौको संख्यामा मानिसहरुलाई मृत्युको मुखमा पुर्यायो। अहिले विभिन्न देश हुँदै नेपालमा पनि जरो गाड्दै छ । सबै देशहरुमा कोरोना भाइरसको माहामारीको बिगबिगी हुँदै गर्दा नेपालमा पनि आउने सम्भाबना देखेपछि नेपाल सरकारले २०७६/१२/११ गते देखि लकडाउनको घोषणा गर्यो ।यो कोरोना भाइरसको कारण मानिसको जीबनमा परेको असर अहिले निकै चुलिँदो अबस्थामा पुगेको छ। देशको अर्थतन्त्र निकै खस्किदो अबस्थामा पुगेको छ। मानिसहरुको जीवनमा आवश्यक पर्ने गास,बास, कपास यानकी आधारभुत आवश्यक्ताहरु परिपुर्ति गर्न सकिरहेको छैन ।

हाम्रो आफ्नो सरल जीबनलाई यसले धेरै भन्दा धेरै असर पुर्याएको छ। यस भाइरसले मानिसलाई पुर्याएको असरलाई सुल्झाउन सकिरहेको छैन।अझ झन झन त्रसित बनाएको छ कैयौंको चुलो निभायो, सपना चुडायो, आफन्त छुटायो, बर्षौ देखि आफन्तको पर्खाइमा बसेको मनलाई पनि चुडायो।

जन्मियौ तिमी चिनको वुहानमा
लाखौको ज्यानलाई पुर्यायौ चिहानमा

जीवन ढलमल बनायो,अलमल बनायो। के गर्ने के नगर्ने हरेक मानिसको बिचार अनि सपनानै परिवर्तन गर्दियो। मानवीय जीवन नै उथलपुथल बनायो अब पहिलेको जस्तै सरल जीवनमा आउनको लागि पनि सङ्कास्पद बनायो। अहिले मानिसहरुले एकान्तबास र एक्लोपन मात्र खोजिरहेको छ। कोभड-१९ ले गर्दा मान्छे सँग भेट्न मान्छे डरायो। कयौ मानिसहरु भोकले मरे, शोकले मरे, बास नपाएर मरे, उपचार नपाएर मरे, आफ्नो घर खोज्दा खोज्दै बीच बाटोमै मरे। कोरोना भाइरसले ब्यथिति जन्मायो, शङ्का जन्मायो, डर, त्रास आदि इत्यादि देखि हरेक चिज नकारात्मक जन्मायो। हालको परिबेशलाई हेर्ने हो भने हुने खानेलाई खासै असर नपर्ला तर हुँदा खानेको भने बिचल्ली भएको छ।दैनिक ज्यालादारी मजदुरी गरेर परिवार पाल्ने, बृद्ब भएका आमाबुवाको ‌औषधि खर्च गर्ने हरुको हालत नाजुक अबस्थामा रहेको छ। जताततै सामाजिक संजालमा अनलाइन मिडियाहरुमा राहत वितरणको समाचारहरु आए पनि सबै ठाउँमा वास्तबिक पीडितले न्यायोचित तरिकाले राहत पाएको छ जस्तो भने लाग्दैन किनकि दिनानुदिन दुखी गरिबहरु शोक, भोक र रोगले छट्पटाई रहेको समाचारहरु सुन्नु पर्थ्यो र?

आफ्नो सुनौलो भविष्य बनाउने सपना बुनेर चुलिएका ब्याज प्रतिशतमा ऋण झिकेर हरियो पासपोर्ट बोकेर बिदेशिएका युवाहरुको भविष्य नै धमिल्याइदियो। साना साना बालबालिकाले तोते स्वरमा सिक्दै गरेको पाठशालालाई नै रोक्दियो। भविष्यका कर्णधारहरुको धेरै पढि ठुलो मान्छे बन्ने इच्छा आकश्ङ्छा सपनाहरु अलमलमा पार्दियो। कोरोना भाइरसले के के गर्यो लेखेर सकिदैन। भगवान संग हामीले प्राथना गरौ छिट्टै हाम्रो प्रतिकुल र अस्तब्यस्त जीवन अनुकुल र पहिलेको जस्तै व्यवस्थित र सरल होस्। घरमै बसौ सुरक्षित बसौ। सरसफाइमा ध्यान दिउँ सामाजिक दुरी कायम गरौँ, लकडाउनको नियम पालना गरौ। जय मातृभूमि मेरो नेपाल!

 

Ad

सम्बन्धित समाचारहरु

उदाउँदो नारी सूर्य

उदाउँदो नारी सूर्य

लेखक अधिकारी अनिता मिलन इन्टरनेशनल एकेडेमी प्रिन्सिपल हुन ।

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा । शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad