Namaste Icon
Ad
Ad

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।


उनले रेमिट्यान्सदेखि उत्पादनसम्म सबै कार्य ठप्प भएकाले सरकार होसियार नभएमा कर्मचारीलाई तलब खुवाउनकै लागि वैदेशिक ऋण लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । उनले वैदेशिक ऋण लिने कुरा पनि चुनौती भएको बताए । ‘लकडाउनका कारण आर्थिक बुद्धि पुर्‍याउने काम चुनौती हो । वैदेशिक ऋण लिने कुरा पनि चुनौती छ। सरकारले अघि सारेका योजना कार्यान्वयनमा ध्यान दिए मात्र सम्भव छ। सबै मन्त्रालय एक भएर काम गरेमा मात्र सम्भव छ। भनेकै लक्ष्य नपुग्ला तर केही आशा भने पक्कै सिर्जना गर्ने छ’, उनले भने ।

Ad

सम्बन्धित समाचारहरु

नेकपाका सबै नेतालाई सम्मानजनक भूमिका दिनुपर्छ - युवा नेता रिजाल

काठमाडौं । नेकपाका युवा नेता रामप्रसाद रिजालले पार्टी बिभाजन नहुने बताएका छन । नेता रिजालले त्यसको लागि पार्टीका सबै तहका नेताहरु गम्भीर रुपमा सक्रिय भइरहेका बताएका हुन । दर्पण दैनिकसँग कुरा गर्दै नेता रिजालले पार्टी बिभाजन हुन नदिन आफु जस्तोसुकै त्याग गर्ने र बिभाजन हुन कुनै हालतमा नदिने वरिष्ठ नेता माधव नेपालको भिष्म प्रतिज्ञा गरेको बताए । उनले भने, 'केही दिन भित्रैमा पार्टी नेतृत्व बीच सहमति भई नेकपा एकढिक्का भइ अघि बढ्नेमा ढुक्क भए हुन्छ । मैले पनि पार्टी विभाजन लाई रोक्न शीर्ष नेताहरु लाई दबाव तथा परामर्श गरिरहेको छु ।'

जनता पिडामा हुँदा सरकार कुर्सीको खेलमा लाग्नु अपत्तिजनक - नेता लामा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली काभ्रेली नेता पूर्व संसाद तिर्थ लामाले सरकार कुर्सी जोगाउन मा मात्रै सिमित रहेको आरोप लगाएका छन । नेता लामाले हालको कोभिड १९ को माहामारी कोरोना भाईरसको कारणले गर्दा जनजिवन अस्तब्यस्तले गर्दा अर्थतन्त्रमा ठूलो समस्या भएको बेला झन बाढीपहिरोले नेपालको केही जिल्लाहरुमा मानवीय क्षति भौतिक र आर्थिक क्षति सरकारको ध्यान जान नसकेको आरोप लगाएका हुन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad