Namaste Icon
Ad
Ad

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?
प्रमोद शर्मा, शिक्षक/ निर्देशक, नेप्लीज एण्ड ट्युसन सेन्टर

अहिले कोभिड १९ ले समग्र क्षेत्रमा असर पारेको कुरा सबैलाई अवगत नै छ । सरकारले निजी स्कुलहरुलाइ फिस उठाउन रोकेको कारणले तलब दिन सक्दैनौं भन्दै शिक्षक, कर्मचारीहरुलाइ जे गर्छौ गर भन्दै निजि स्कुल संचालकहरुले निकाल्ने षड्यन्त्र गरिरहेका छन । निजि स्कुलका शिक्षकले यन्त्रले झै काम गरि सरकारि बिधालयको तुलनामा निकै राम्रो नतिजा प्रदान गरिरहेको कुरा सर्वविवितै छ । यस्तो विषम परिस्थितिमा शिक्षक साथीहरुको समस्यामा मलमपट्टि लगाउनुको साटो घोक्राएर निकाल्ने मनस्थितिमा शैक्षिक माफियाहरु लागिपरेका छन । अहिलेसम्म कुनै पनि सरकारी तह तप्का लगायत विभिन्न संगठनलगाएत अधिकारकर्मिहरु मौन बसेका छन । सम्पुर्ण निजि स्कुलमा काम गर्ने शिक्षकहरुले पनि आफुभित्र भएको अन्याय र अत्त्याचारलाइ जतिसक्दो छिटो बाहिर ल्याउनु पर्छ ।

उखुको रस हुँदासम्म चुस्ने र खोया बनायेर फाल्ने सामन्ती सोच बाट ओतप्रोत लेण्डुपेहरुमाथी जाइलाग्नै पर्छ । कलम बलियो कि तरबार बलियो भन्दा कलम बलियो भन्ने बिद्यार्थीलाई पास गराउने शिक्षकले वेला-वेलामा तरबार पनि बलियो हुन्छ भन्ने प्रमाणित गर्ने बेला आएको छ ।हामी संसारमा जित्नको लागि आएको हो हार्नको लागि कदापि हैन भन्ने सम्झनुहोस।सिंह जङ्गलमा एक्लै भए पनि सिंह नै हो । सिनो खाने कुकुर धेरै हुनु भन्दा ताजा शिकार गर्ने एक्लो सिंह नै राजा हो । मर्नु छ भन्दैमा केराको बोक्रामा चिप्लेर, खाटबाट खसेर, ठेस लागेर मर्नु राम्रो हैन । लागे लाग्छ छातीभरी दाग मुरलिले जस्तो चोट सहेर मिठो धुन निकाल्दै अगि बढ्नु पर्छ । अब अरुलाइ समानताको हक,स्वतन्त्रताको हक सिकाउने क्षिक्षकहरुले अब आफ्नोलागि न्याय खोजौ ।

लकडाउन भनेर नसुतौ जागौ र निजि विद्यालयमा लागि र निजि विद्यालयमा काम गर्ने निकायहरुलाइ यस्तो प्रश्न गरौ । निजि विद्यालयमा काम गर्ने शिक्षकहरु बाच्न पाउनु पर्छ कि पर्दैन ? शिक्षकहरुलाइ अन्याय किन ? के शिक्षकको पेसागत अधिकार छैन ? लामो समयदेखि योगदान गरेका क्षिक्षकहरु कहाँ जाने ? बर्सेनि निजि स्कुलमा पढाउने शिक्षकको सम्बोधन खै ? प्रगतिशील भनाउदाहरु सत्ताप्राप्ती पछि किन शिक्षकलाई लत्याउदै छन ? लाखौं निजि शिक्षक अन्यायको भागिदार किन ? गल्ती शिक्षकको कि निजि सस्थाका मालिकको ? यस्को जवाफदेही खोइ भन्ने जस्ता प्रश्न गरौ । अब यस्तो लकडाउनको बेलामा शिक्षकहरुलाइ हटाउने निर्णय गरेछन भने निजि स्कुलका तिनवटा विकल्प हुनेछन।

१) निजि स्कुलका संचालकहरुले स्वविवेकले यो निर्णय फिर्ता लिने र कोरोना संक्रमणको जोखिमबाट शिक्षकहरुलाइ जोगाउने र एक जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुने।

२) यदि स्वविबेकले निजि स्कुलका संचालकले यो निर्णय सच्चाएनन भने सरकारले कानुन बमोजिम कार्बाही गर्ने र निजि संचालकहरुलाइ कानुनी कठघरामा पुराउने काम गर्ने।


३) माथी उल्लेखित दुबै बिकल्प कामकारबाही नभएमा विभिन्न शिक्षक हकहितको लागि खोलिएको संगठनले आवश्यकता अनुरुप तालाबन्दी गर्ने र अटेरी गर्ने सस्थालाइ सरकारले कानुनी रूपमै सम्बन्धन खारेजी गर्नुका साथै विभिन्न संचार माध्यमको साहरा लिनुको विकल्प छैन। अब कुन विकल्प रोज्ने चाहना निजि स्कुल सन्चालको । अब निजि स्कुल शिक्षकहरु तयारी अवस्थामा बस्नुपर्ने वेला आएको छ। संकल्प सहित अगाडि वढौ विकल्प आफैं आउछ ।

Pramod Sharma, Director of Nepales job and tuition centre.

Ad

सम्बन्धित समाचारहरु

उदाउँदो नारी सूर्य

उदाउँदो नारी सूर्य

लेखक अधिकारी अनिता मिलन इन्टरनेशनल एकेडेमी प्रिन्सिपल हुन ।

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा । शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad