Namaste Icon
Ad
Ad

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । कोरोना भाइरसको संक्रमण भएरनभएकोबारे पत्ता लगाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । गाउँपालिकाको वडा नम्बर–१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएका १३ जना, बसन्त मुरारी मावि बौनियाबाट १४ जना, वडा नम्बर–३ को जगदम्बिके भगवती मावि क्वारेन्टाइनबाट ११ जना, वडा नम्बर–४ माध्यमिक विद्यालय कोटातुल्सिपुरबाट १२ जना गरि सोमबार मात्रै ५० जनालाई घर पठाइएको छ ।


गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले स्थानीय तहमा स्वास्थ्य चेकजाँचका लागि आवश्यक आरडीटी किटको अभाव भएकाले उनीहरूलाई समुदाय, गाउँरटोलमा नै गएर पछि स्वास्थ्य परीक्षण गर्ने शर्तमा छोडिएको बताए । उनले भने,–‘हामीसंग आरडीटी थिएन, उहाँहरु नेपालका विभिन्न जिल्लाबाट आएको हुनुहुन्छ । उहाँहरु आएको ठाँउ त्यति जोखिमपूर्ण ठाँउ नभएकाले भोली केही परे स्वास्थ्य चेकजाँच गर्ने शर्तमा छोड्यौँ ।’ उनले क्वारेन्टाइनमा राखिएकाको सम्पर्क विवरण राखेर बोलाएका बेला सम्पर्क राख्न आह्वान गरेर घर पठाइएको बताए । सरकारले अहिले पालिकामा आवश्यक संख्यामा आरडीटी किट पठाउन नसक्दा समस्या भएको छ ।

स्वास्थ्य शाखा प्रमुख जोशीले नेपालबाट फर्केकालाई संक्रमणको सम्भावना कम हुने देखिएकाले घर पठाएको बताए । भारतबाट आएकालाई बढी प्राथमिकता दिएर क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । गाउँपालिका अन्तर्गतका सबै ६ वटै वडाका २१ स्थानमा क्वारेन्टाइन बनाइएको छ । पालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपाल र भारतबाट घर फर्केका १८९ महिला र ६८१ पुरुष गरि ८७० जना रहेका छन् । गएको दुईहप्ता यता भारतीय सीमा नाका भएर नेपालीहरू भित्रिन सुरु भएसंगै स्थानीय पालिकाहरुमा क्वारेन्टाइन व्यवस्थापन समेत समस्या देखिन थालेको छ ।

Ad

सम्बन्धित समाचारहरु

करैयामाई गाउँपालिकाका अधिकांश वडाहरू हिलाम्य

करैयामाई गाउँपालिकाका अधिकांश वडाहरू हिलाम्य

बारा। जिल्लाको करैयामाई गाउँपालिकामा रहेका गाउँपालिका स्तरीय वडा नं.१ देखि ८ सम्मका धैरे जसो बाटोहरू मर्मत सम्भार गाउँपालिकाले गरेपनि अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा गाउँपालिका भरीका वडाहरूमा मर्मत सम्भार गरेपनि बिगतको दुई दिनको अनुगमनले गर्दा वडाहरूमा रिपोटिग गर्दा वडाहरुको कतिपय बाटो घाटोमा पानी जमी बिच बिचमा खाल्डो बनाई बाटोमा हिड्न र आवतजावतमा निकै समस्या भएको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् ।

पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लियो

पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लियो

पोखरा। अविरल वर्षा संगै आएको पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लिएको छ। जिल्लाको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको प्रहरीले बताएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad