Namaste Icon
Ad
Ad

दिल्लीबाट आएकी महिलाको क्वारेन्टाइनमै ज्यान गयो

दिल्लीबाट आएकी महिलाको क्वारेन्टाइनमै ज्यान गयो

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा रहेको क्वारेन्टाइनमा मंगलबार राती ज्यान गुमाएकी महिलाको स्वाव परिक्षण भएको छैन् । गत जेठ १७ गते श्रीमानसंगै भारतको दिल्लीबाट आएकी उनको गाउँपालिकाकै वडा नम्बर एक मा रहेको असिग्राम आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै निधन भएको हो ।

मृतक ३० वर्षिय विकको वडा नम्बर दुई २ स्थायी घर भएको र उनी क्वारेन्टाईन बसेको खुलेको छ । राति ११ बजेतिर शौचालय गएर फर्किएकी र सुत्ने स्थानमा पुग्दा एक्कासी रिङ्गटा लाग्ने र जिउ काम्ने गरेको र उनलाई उपचारका लागी एम्बुलेन्स राति १ बजे क्वारेन्टाइनस्थल पुगेको भएपनि एम्बुलेन्सका चालक पनि सुरक्षा सामाग्री प्रयोग नगरेको र अन्य अन्य कसैलेपनि विरामीलाई छुन नमानेकाले एम्बुलेन्समा नराख्दा क्वारेन्टाइनमै मृत्यु भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

ललितपुर महानगर ३ का वडाअध्यक्ष पक्राउ

ललितपुर महानगर ३ का वडाअध्यक्ष पक्राउ

ललितपुर । मिर्गौला प्रत्योरोपण गर्दा झुटो नाता प्रमाण गरिदिएकोे आरोपमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार साँझ ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेको हो।

काठमाडौंका घरधनीको गुनासोः घरभाडा नपाउँदा खान समस्या भयो

काठमाडौं । कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ ।कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad