Namaste Icon
Ad
Ad

नारायणहिटी तानाशाहको होईन हाम्रा अभिभावकको दरबार रहेछ !

नारायणहिटी तानाशाहको होईन हाम्रा अभिभावकको दरबार रहेछ !

जाँदा जाँदै,
नारायण हिटि दरबार घेराउमा छ । नारायण हिटिमा राजाले सुन चाँदि हिरा मोति थुपारेर राखेका छन । त्यो नेपाली जनतालाई बाड्यो भने सबै नेपाली सुखि हुन्छन, भनेर अनेकौं अफवाह फैलाएर नेता आफु सत्ता मा पुगे । तर , जनताको स्तर त झन खस्किएको छ ।

गाउँमा दुध पिएर सन्तोष लिएका कतिपय जनता लाई बागबजार र डिल्लिबजारको फुटपात कब्जा गर्न लगाएर आफु लैनचौर सचिवालय धाएर मन्त्री प्रधानमन्त्री भए तर , त्यहि बागबजार र डिल्लिबजारमा छोडेका जनता कार्यकर्ताहरु दूधको सट्टामा दुधिया पिएर जिबन मरणको दोसाँधमा पुगेका कयौं उदाहरणार्थ प्रस्तुत मैले नै आफ्ना लेखहरुमा गरेको छु ।

नारायणहिटी तानाशाह को दरबार होइन रहेछ ! भन्नेकुरा प्रायः सबै त्यहाँ अवलोकन गर्न आउने जनताले गरेको हुनुपर्छ । नबोल्ने राजाको दरबार छिरेर निस्किएपछि जनताको आवाज पनि बन्द भयो कि कसो खोइ कहिँ कतै नारायण हिटि दरबारको बिश्लेषण पढ्न सुन्न पाईन्न । किन होला ? सायद प्रायः नेपाली जनता देखि दलका कार्यकर्ता सबैलाई महसुस भयो होला कि यो त हामी नेपालीको लागि गौरव रहेछ । तानाशाही राजा होइन रहेछन नेताको आफ्नो स्वार्थ को लागि हामिलाई भुलाउनु अनेक हतकन्डा रहेछ ।

मैले नारायणहिटी करिब करिब दुइ पटक हतार हतारमा अवलोकन गर्ने मौका पाएँ । मैले त्यहाँ मन्त्रीमन्डल बिस्तार तथा गठन गरेपछि तस्बिर खिच्दा र त्यो राष्ट्रिय अन्तरराष्ट्रिय दैनिकी हरुमा प्रकाशित हुँदा देशबिदेशलाई त्यो हेर्दा आहा भन्न करलाग्ने सिँढि देखें । तर कुनै महंगो कार्पेट देखिन । राजारानी सुत्ने खोपि एउटा ननस्टार होटेलको जस्तो साधारण देखें त्यहाँ हाम्रा सर्वहारा नेता हुँदै प्रधानमन्त्रीले प्रयोग गरिने जस्तो लाख डेढलाखको आलिसान पलङ देखिन । राजा बिरेन्द्रले प्रयोग गर्ने अफिस पनि साधारण थियो ।

त्यहाँ एउटा चाहिँ महँगो ठुलो कोठा देखें । जहाँ बिदेशि पाहुना आउँदा भोज दिइन्थ्यो रे मीटिङ गरिन्थ्यो रे । त्यसैलाई कमन प्रयोग गरिने गरेको रहेछ । जब नेपाली जनता का छोराछोरी मन्त्री पदको सपथ लिन्थे तब राजा सहित को पहिलो बैठक गरिने चलन रहेछ । आवस्यक हेरेर कहिलेकाहीँ मन्त्री प्रधानमन्त्री हरुलाई सामुहिक भोज दिने गरेको रहेछ ।

नारायण हिटि भित्र ठुलो भनेको नै ब्यबस्थित पार्किङ हो । अरु बिलासि त्यहाँ राजा रानि र परिवारले प्रयोग मा ल्याउने बास्केट बल कोट लगायत सुरक्षा को दृष्टिकोण ले केहि अन्य खेल मैदान मात्रै हो । आज बाह्र बर्ष हुँदा पनि यो कुराको बिष्लेषण किन हुँदैन कि दरबार मा बस्ने मात्रै राजपरिवार रहेछ, तर नेपाल कै गौरव रहेछ । नेपाल कै मुटुमा अवस्थित नारायण स्थान (बुढानिलकण्ठ) को सट्टा मा रहेछ । पशुपति नाथको संरक्षक पुजारी बस्ने ठुलो डेरा मात्रै रहेछ ।

त्यसैले शासन सत्ता संचालन गर्दा छिटफुट गल्ति बाहेक अन्यथा राजस्ंस्था बाट हामि नेपाली को लागि अहित केहि पनि भएको रहेनछ । वास्तवमै राष्ट्र निर्माताका सन्ततिले खडा गरेको दरबारमा बस्ने शाह वंश सहि मानेमा नेपाल र नेपाली को अभिभावक नै रहेछ ।

लेखक तथा विचार विश्लेषक मणिराज सत्यालको फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

उदाउँदो नारी सूर्य

उदाउँदो नारी सूर्य

लेखक अधिकारी अनिता मिलन इन्टरनेशनल एकेडेमी प्रिन्सिपल हुन ।

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा । शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad