Namaste Icon
Ad
Ad

दोलखाका ७६ वर्षीय पुरुषको कोरोनाबाट निधन, थप १२ जना डिस्चार्ज

दोलखाका ७६ वर्षीय पुरुषको कोरोनाबाट निधन, थप १२ जना डिस्चार्ज

काठमाडौँ । कोरोना भाईरस(कोभिड १९) बाट नेपालमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार दोलखाका ७६ वर्षीय पुरुषको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन्।

उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेमा भर्ना भएका थिए।अपरेसनपछि गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । रिपाेर्ट पाेजिटिभ देखिएपछि उनलाई त्रिवि टिचिङ अस्पतालमा पठाइएको थियो।

यसैगरी बुधवार एकैदिन थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २३०० पुगेको छ। यस्तै बुधबार नै १२ जना कोरोना सङ्क्रमण जितेर डिस्चार्ज भएका छन्। यससँगै कोरोना जित्नेको संख्या २७८ पुगेको छ।

बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार अहिले एक लाख ५५ हजार आठ सय ८० क्वारेन्टाइनमा छन्। डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ। डिस्चार्ज हुने पुरुष २२२ छन् भने ५६ महिला छन्।

Ad

सम्बन्धित समाचारहरु

ललितपुर महानगर ३ का वडाअध्यक्ष पक्राउ

ललितपुर महानगर ३ का वडाअध्यक्ष पक्राउ

ललितपुर । मिर्गौला प्रत्योरोपण गर्दा झुटो नाता प्रमाण गरिदिएकोे आरोपमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार साँझ ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेको हो।

काठमाडौंका घरधनीको गुनासोः घरभाडा नपाउँदा खान समस्या भयो

काठमाडौं । कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ ।कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad