Namaste Icon
Ad
Ad

बारामा आलोपालो व्यवसाय सञ्चालन गर्न दिइने

बारामा आलोपालो व्यवसाय सञ्चालन गर्न दिइने

दिपेन्द्र जयसवाल, बारा । बारामा लकडाउन खुकुलो पार्दै व्यापार व्यवसाय गर्न आलोपालो दिन तोकिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै लकडाउनको समय र कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थालाई मध्यनजर गर्दै व्यापार र व्यवसाय गर्न आलोपालो दिन तोकेको हो । जेष्ठ २१ गते बुधवारदेखि जेष्ठ ३२ गते राति १२ बजेसम्मका लागि लागु हुनेगरी प्रशासनले गरेको निर्णय कार्यन्वयन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लकडाउनमा व्यवसाय बन्द हुँदा व्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नुका परेको र साथै उपभोक्तालाई पनि कठिनाई भएको हुँदा जिल्ला प्रशासन कार्यालय बाराले यस्तो निर्णय गरेको हो । प्रशासनले आइतवार र मंगलवार बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, जुत्ता, चप्पल, सैलुनका व्यवसायहरु सामाजिक दुरी कायम गरेर स्वास्थ्य साबधानी अपनाएर खोल्न आग्रह गरेको छ ।

त्यसैगरी सोमवार, बुधवार, शुक्रवार र शनिवार किराना, खाद्यान्न, आलु, प्याज, किटनाशक, बिउ बिजन, मलखाद लगायतका व्यावसायहरु र बिहिवार हार्डवैयर पसल, सुनचाँदी पसल, भाँडा बर्तन, टेलरिंग, फ्लोरिङ् र फनिर्सिङ् फर्निचर र अन्य पसल बिहान १० बजेदेखी दिउसो ४ बजेसम्म स्वास्थ्य साबधानी अपनाएर खोल्न बिज्ञप्तीमार्फत आग्रह गरेको छ ।

हरियो तरकारी तथा फलफुल, मुख्य बजारमा नलिएर घुम्ती पसलमार्फत बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि मात्रै बिक्रिवितरण गर्न पनि अनुरोध गरिएको छ । उद्योग वाणिज्य संघ बारा र किराना पसल संघले तोकेको समयअनुसार आलोपालो गरेर मात्रै व्यापार व्यवासय सञ्चालन गर्न बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

करैयामाई गाउँपालिकाका अधिकांश वडाहरू हिलाम्य

करैयामाई गाउँपालिकाका अधिकांश वडाहरू हिलाम्य

बारा। जिल्लाको करैयामाई गाउँपालिकामा रहेका गाउँपालिका स्तरीय वडा नं.१ देखि ८ सम्मका धैरे जसो बाटोहरू मर्मत सम्भार गाउँपालिकाले गरेपनि अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा गाउँपालिका भरीका वडाहरूमा मर्मत सम्भार गरेपनि बिगतको दुई दिनको अनुगमनले गर्दा वडाहरूमा रिपोटिग गर्दा वडाहरुको कतिपय बाटो घाटोमा पानी जमी बिच बिचमा खाल्डो बनाई बाटोमा हिड्न र आवतजावतमा निकै समस्या भएको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् ।

पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लियो

पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लियो

पोखरा। अविरल वर्षा संगै आएको पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लिएको छ। जिल्लाको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको प्रहरीले बताएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad