# भर्खरै
Namaste Icon
Ad
Ad

सवै पससलहरु खुला गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको निर्णय

सवै पससलहरु खुला गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको निर्णय

काठमाडौं । सरकारले लकडाउन बढाउदै लगेको तर कर तिर्न निर्देशन जारी गरेपछि बिहीबार (भोलि) देखि विहान ११ः०० बजेसम्म दैनिक पसलहरु खुल्ने भएका छन । नेपाल राष्ट्रिय व्यवसायी महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै भोली देखि सवै पससलहरु खुला गर्ने निर्णय गरेको हो । नेपालमा अझै लामो समय यहिँ किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरु व्यवसायबाट पलायनमात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएकोले (भोलि) देखि विहान ११ः०० बजेसम्म दैनिक पसलहरु खुला गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । उनले भने, 'हामी कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं । हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम् दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोकेको न्युनतम् मापदण्डको पालना गर्नेछौँ ।'

पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आएको वाल वल प्रयोग गरिएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घर भाडा बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने महासंघले उललेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, '७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग–व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजर/किस्ता, कर्मचारीको तलव भत्ता भुक्तानी गर्न समेत उद्योगी व्यवसायीहरुलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको अवस्था छ । तर लकडाउन खोल्ने विषयमा भने सरकारले कुनै तदारुकता देखाएको छैन । सरकारले उद्योगी–व्यवसायीहरुलाई राहत दिनु त कता हो कता करका लागि ताकेता गर्ने, बैंकले ब्याज बुझाउन फोन गर्ने, घरभाडा तिर्न ताकेता लगायतले हामी धेरै समस्यामा छौं ।'

 

मितिः २०७७ ।०२।२१

प्रेस विज्ञप्ती

७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग–व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजर÷किस्ता, कर्मचारीको तलव भत्ता भुक्तानी गर्न समेत उद्योगी व्यवसायीहरुलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको अवस्था छ । तर लकडाउन खोल्ने विषयमा भने सरकारले कुनै तदारुकता देखाएको छैन । सरकारले उद्योगी–व्यवसायीहरुलाई राहत दिनु त कता हो कता करका लागि ताकेता गर्ने, बैंकले ब्याज बुझाउन फोन गर्ने, घरभाडा तिर्न ताकेता लगायतले हामी धेरै समस्यामा छौं । नेपालमा अझै लामो समय यहिँ किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरु व्यवसायबाट पलायनमात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबार (भोलि) देखि विहान ११ः०० बजेसम्म दैनिक पसलहरु खुला गर्ने निर्णय गरेको व्यहोरा आम सञ्चारकर्मीहरुलाई जानकारी गराउन चाहान्छौं ।

हामी कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं । हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम् दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोको न्युनतम् मापदण्डको पालना गर्नेछौँ । पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आएको वाल वल प्रयोग गरिएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घर भाडा बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने विषय जानकारी गराउँदछौँ । ................ ...............

अञ्जन शाक्य, महासचिव 

नरेश कटुवाल, अध्यक्ष

Ad

सम्बन्धित समाचारहरु

सार्वजनिक यातायात सञ्चालन गर्न महासंघद्वारा कार्यदल गठन

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक पहल गर्न भन्दै कार्यदल गठन गरेका छन् ।

११ हजार ट्याक्सी चालकको कोरोना बीमा गरिने

११ हजार ट्याक्सी चालकको कोरोना बीमा गरिने

काठमाडौं । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोना बीमा गरिदिने भएको छ। कोरोना महामारीलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad