Namaste Icon
Ad
Ad

घरेलु मदिरा नष्ट गर्दै प्रहरी

घरेलु मदिरा नष्ट गर्दै प्रहरी

प्यूठान। अहिले लकडाउनको समय छ । कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले सवैलाई घरमै बस्न आग्रह गरेको छ । लकडाउनको समयमा पनि महिला हिंसा, घरेलु हिंसा लगायतका अपराधका घटनाहरु हुने गरेका छन् ।

प्रहरीले हिंसाका घटनाको कारक तत्वको रुपमा मदिरालाई लिने गरेको छ । जसले गर्दा झैझगडादेखि हत्यासम्मका घटना हुने प्रहरीको भनाई छ । देशका विभिन्न ठाउँमा लकडाउनको समयमा हिंसाका घटना बढिरहेका छन् । जिल्लामा प्रहरी चौकी मरण्ठानाले समेत हिंसाको कारक तत्वको रुपमा मदिरा रहेको भन्दै घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । सरकारले अवैध मानेको घरेलु मदिरा नियन्त्रणका लागि प्रहरी चौकीले स्थानीय जनप्रतिनिधि र स्थानीयको सहभागीतामा यस्तो अभियान चलाएको हो ।

प्रहरी चौकी मरण्ठानाका प्रमुख प्रहरी सहायक निरीक्षक टिका कुँवरले घरेलु मदिरा नियन्त्रणको अभियान चलाएको बताए । विभिन्न स्थानबाट मदिरा, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, उत्पादन गर्ने भाडा नियन्त्रणमा लिएको उनको भनाई छ ।

 

Ad

सम्बन्धित समाचारहरु

पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लियो

पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लियो

पोखरा। अविरल वर्षा संगै आएको पहिरोले म्याग्दीमा मात्र २७ जनाको ज्यान लिएको छ। जिल्लाको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको प्रहरीले बताएको छ।

बाढी पहिरोमा ज्यान गुमाउने प्रति मुख्यमन्त्री शाहीद्धारा दुख व्यक्त

खगेन्द्र हमाल, सुर्खेत । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका र रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकामा वर्षासँगै गएको पहिरोमा परि भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गहिरो दुःख व्यक्त गरेका छन । जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नं ४ जिरीमा गएको पहिरोमा परी ७ जनाको दुःखद निधन हुनुको साथै ५ जना अहिलेसम्म बेपत्ता रहेको र रुकुम (पश्चिम) जिल्ला आठविसकोट नगरपालिका वडा नं ३ रेझेखोलामा गएको पहिरोमा परि २ जनाको दुःखद निधन भएको र १ जना घाइते भएको घटनाले आफुलाई स्तब्ध बनाएको बताएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad