Namaste Icon
Ad
Ad

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

ललितपुर। एक हप्ताअघि भारतको बिहारबाट आएका गोदावरी नगरपालिका ५ लेलेका ३ जनालाई स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य परीक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिएको वडा नं ५ का वडाध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिएका छन्।

उनीहरुलाई सीमा क्षेत्रदेखि नै उद्दार गरी ल्याएर सिधै वडाबाट स्थापित क्वारेन्टाईनमा राखी कोरोना परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि वडा कार्यालयकै निगरानीमा सेल्फ क्वारेन्टाईनमा घर पठाईएको सिलवालले बताए।

बैदेशिक रोजगारीको रुपमा भारत पुगेका उनीहरु विश्वमा बढ्दै गईरहेको कोरोना संक्रमणका कारणले भारतमा लकडाउन थप लम्बिएपछि नेपाल फिरेका हुन् । उनीहरुलाई वडा कार्यालयको पहलमा सवारीको समेत व्यवस्था मिलाई बोर्डरबाट सिधै वडाको क्वारेन्टाईनमा ल्याईएको हो ।

उनीहरुलाई केही दिनदेखि लेले प्राथमिक स्वास्थ्य चौकीमा वडाले स्थापना गरेको क्वारेन्टाईनमा राखिएकोमा गत सोमबार कोरोना नभएको रिपोर्ट आएपछि उनीहरु वडाको क्वारेन्टाईनबाट विदा भई आफ्नो घरमै क्वारेन्टाईनमा रहने गरी पठाईएको वडा अध्यक्ष सिलवालको भनाई छ ।

Ad

सम्बन्धित समाचारहरु

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

ललितपुर। महालक्ष्मी नगरपालिका ८ लुभुको एकै घरमा बस्ने १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएका बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत लुभुका एक ल्याब टेक्निसियनको परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजिटिभ आएको हो ।

स्वर्गीय बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

माधव खनाल, अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ निवासी स्वर्गीय गिरिराज खनाल र स्वर्गीय मिना खनालको सम्झनामा घरपरिवारले भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ नयाँ पोखरामा रहेको बाल शिक्षा माध्यमिक बिधालयमा ६१०६६(एकसट्ठी हजार छ्यासठ्ठी )रकम बराबरको अक्षयकोष स्थापना गरेका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad