Namaste Icon
Ad
Ad

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'
अशोक कुमार क्षेत्री - नेता, नेविसंघ

एमसीसी भनिको के हो त ? भन्ने खुल्दुली सबैतिर रहेको छ। यो एमसीसी नेपाललाई दिने भनिको अमेरिकी अनुदान वा सहयोग रकम पचास करोड़ डलर हो ।  millennium challenge corporation अमेरिकन च्यालेन्ज कारपोरेशनका नाममा नेपाललाई करीब ५६ अर्व रुपैयाँ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकम लाई बिद्युत प्रसारण लाईन र सड़क स्तरउन्नतिमा लगाएर नेपाल लाई सम्रद्धितर्फ लान सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई सवैलाई भाग लगाएर खाने खतरा नेपालमा देखिन्छ।

उत्पादन भएको जलबिधुतलाई भारतीय बाजारमा बेच्दै भारतीय पक्षलाई समेत बिद्युत सुबिधा दिने नाममा आएको यो एमसीसी इंडोप्यासिफिक रणनीतिको पाटो भनेर पनी भन्ने गरिन्छ । जसलाई यसरी पनि बुझ्न सकिन्छ । हिन्द प्रशान्त रणनितिक एमसीसी बिश्वको सबैभन्दा शक्तिशाली राष्ट्र भन्ने रुचाउने अमेरिका राष्ट्रको रणनीति हो । यो हिन्द प्रशान्त रणनीतिको प्रारम्भिक नाम प्यासिफिक रणनिति हो । जसको मुख्य काम उद्देश्य भनिको चीनको बढ्दै गएको आर्थिक शक्ति र चिनियाँ विश्व आर्थिक पकडलाई रोक लगाउदै आफ्नो स्थितिलाई यथास्थानमा राखिरहनु प्रथम रास्ट्रीय सक्ति भएको राष्ट्र बन्न रोक लगाउने हो ।

हाम्रो देश प्राकृतिक सम्पदाले सम्पन्न भयरै पनि होला, यस्ता सहयोग बिगतमा नआएको होइनन । भारतकै कुरा गर्ने हो भने पनि जलश्रोत उत्पादन गर्ने भनेर दश हजार करोड नेपाली रुपैयॉ प्रधानमन्त्री नरिन्द्र मोदीले बिजुली उत्पादन गरे म खरीद गर्छु भनेको कुरा पुरानो भईसकेको छ।

यसरी नै बिदेशीले सहयोग गर्ने तर सहि ठाउँमा सदुपयोग नगर्ने हो भने, यस्ता सहयोग नलिंदा उपयुक्त होला । आज बिदेशीको सहयोग होस वा ऋण सही ठाउँमा सदुपयोग भएको देखिदैन्न । सामान्य कुरा नबुझने हाम्रो नेतृत्वले देशको मुहार फेर्न सक्ने सम्भाबना देखिदैन्न ।

एमसीसी अनुदान पाएको २३ राष्ट्रमा अमेरिकन सेनाको परेड भने जस्तो भएन भने आतंकबादी समूहलाई समेत फंन्डिंड गर्न पछी नपर्ने अमिरिका जून देशमा आतंक पैदा गरेर ३० हजारको मृत्यु भयो, त्यहीं देशमा एमसीसी अनुदानको नाटक गर्छन । एउटा अमेरिकन कर्मचारी मर्छ र त्यही बहसमा अमेरिकी सेना भित्र्याइएको पनि पाईएको छ ।

अहिले उठेको बिषयमा दुबै सत्य पनि छन, र भ्रमपूर्ण पनि छन । एमसीसी राष्ट्रको हितमा छैन, भन्ने नै सत्य हो । भ्रम के छ, भने यसको पक्षमा गरिएको वकालतहरु नबुजेर बिकेका राष्ट्रघाती दलाल र तिनिहरुको मतिहार , ठुला दल र दलीय समर्थनको आधारमा भेडापन, कट्टरपन्थी देखाउने राष्ट्रमाथि हुन लागेको राष्ट्रघात बारे अनबिज्ञता देखाउने गरेका छन । यो भ्रम चिरिनु पर्छ। यसमा हामी सबैको दायित्व रहन्छ।

अमेरिकन च्यालेन्ज कर्पोरेसन एक अमिरिकन निगम हो । सन २००४ मा अमेरिकाले स्थापना गरेको देखिन्छ । संसारमा गरीबी हटाउने नारा रहेता पनि लुकेको अन्तरनिहित स्वार्थ बुझन भने पटक्कै समय लाग्दैन । आखिर सारा विश्व गरीब भयो , भनेर उकास्न अमेरिका पक्कै पनि लागिको होइन । किन, होईन भने त्यों मानवता र आर्थिक सहयोग थियो भने सर्तहरु हुदैन थिए होलान ।

इन्डोप्यासिफिक स्टेटिजीहरु पढ्दै जादा लाग्छ, आर्थिक सहयोग बिभिन्न नाममा गर्ने र त्यो अमेरिकन बेस क्याम्प खड़ा गर्ने र आफु अनुकूलताका फाइदा त्यो राष्ट्रबाट लिने हो भन्नुको अर्थ आफ्नो साम्राज्यबाद हैकम कायम राखिरहनु हो ।

यसकारण मा एमसीसी इन्डोप्यासिफिककै इस्टाटेजी अनुसार चल्ने एक एजेन्सी हो। नाम बिभिन्न होलान तर त्यसरी काम गरिको कुरा स्वयंम इन्डोप्यासिफिक गतिविधि देखिन्छ। सहयोग लिनु राम्रो कुरा हो । हाम्रो जस्तो गरीब देशलाई चाहिन्छ, पनि होला । तर हाम्रो देश भित्रकै भष्ट्राचार र बिभिन्न करोडौंको काण्ड र कर छलीका कुराहरु सबै निर्मूल गर्ने हो भने पनि त्यो भन्दा बढि रकम उठाउन सकिन्थ्यो ।

एमसीसी का सर्तहरु कस्ता छन ?
अमिरिकन सर्तका बारेमा बिभिन्न मीडिया मा आएकै छन । अमिरिकासँग बाँझिएमा नेपालको कानून नलाग्ने, आडिट हिसाब मा अमिरिकाको लागू हुने , भारतसंग सहमति लिन पर्ने । कामगर्दा कुनै पनि कुरामा कर नलाग्ने । काम गर्दा क्षेत्रअधिकार तोक्न नपाउने, जहाँ पनि बनाउन पाउने, सोधिरहन नपर्ने मन लागि गर्नी मन नलागे जतिबेला पनि छोडन सक्ने । असरी आफूअनुकूल सबै अधिकार नेपालको संविधान भन्दा माथि हुने, गरी संसदबाट अनुमोदन गरिदिनु पर्ने । यो एमसीसी पारित भएमा अमिरिकी सेना अवशय नेपाल आउँछ। विदेशी सेना नेपालमा आएर परेड गरेको हेर्ने रहर हामीलाई छैन, त्यसकारण यो एमसीसी आवश्यक छैन ।

अशोक कुमार क्षेत्री - नेता, नेविसंघ

 

Ad

सम्बन्धित समाचारहरु

उदाउँदो नारी सूर्य

उदाउँदो नारी सूर्य

लेखक अधिकारी अनिता मिलन इन्टरनेशनल एकेडेमी प्रिन्सिपल हुन ।

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा । शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad