# भर्खरै
Namaste Icon
Ad
Ad

महिला दिदी बहिनीलाई आत्मनिर्भर बन्न सिकाउदै तथा सघाउदै हाम्री बहिनी

महिला दिदी बहिनीलाई आत्मनिर्भर बन्न सिकाउदै तथा सघाउदै हाम्री बहिनी

विगत लामो समय देखि महिला दिदी बहिनीलाई आत्मनिर्भर बन्न सघाउदै आएको संस्था हो, हाम्री बहिनी । यस संस्थाले एकल महिला तथा दुखमा रहेका महिलाहरुलाई विशेष सहयोग गर्दै आएको छ । अवसर पाए महिलाहरुले पनि केहि गर्न सक्छन, भन्ने धारणाका साँथ सञ्चालित संसथाले हाल काठमाडौं उपत्यकामा महिलाहरुलाई सीप र रोजगारी प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा दर्पण दैनिले हाम्री बहिनीकी कार्यक्रम प्रमुख सुस्मिता शर्मासँग केहि समय अगाडी गरेको कुराकानीको सारसंक्षेपः

हाम्री बहिनी के हो ?
महिला शसक्तीकरणको लागि सञ्चालित राष्ट्रिय अभियान हो ।

 

 

हाम्री बहिनी अभियान भित्र के छ ?


यस भित्र विशेषतः महिला शसक्तिकरणको लागि चाहिने विभिन्न कुराहरु छन । महिलाई सचेत वनाएर मात्र हुदैन महिलाईलाई आत्मनिर्भर बन्न सिकाउने तथा सघाउने काम हामीले गर्दै आएका छौं । आर्थिक हिसाबले महिलाहरु सबल नभएसम्म शसक्त हुन सक्दैनन , त्यसकारण महिलाहरुको लागि रोजगारीको अवुर सृजना गर्ने तथा रोजगार हुन आवश्यक पर्ने सीपमुलक कुराहरुमा पनि हामीले सघाउदैं आएका छौं ।


काठमाडौंमा बसोबास गर्ने दिदी बहिनीहरु, जसले रोजगारी खोजिराख्नु भएको छ । जसलाई आफ्नो घरपरिवार चलाउन समस्या भएको, जसले काम गरेर आत्मनिर्भर बन्छु भनेर खोजि गरिराख्नु भएको छ । जसले घरायसी कामलाई सम्मान गर्नुहुन्छ, उहाँहरुलाई रोजगारीको सृजना गर्ने काम हामी गछौं । त्यसैगरि, विभिन्न समयमा काउन्सिलिङ गर्ने, हामीसँग जोडिएका विभिन्न डांक्टरहरुबाट महिलाहरुमा स्वास्थ्य समस्या देखिए उपचारमा पनि सघाउने, त्यस्तै कानुनी परामर्शको कुराहरुमा पनि हाम्री बहिनी सघाईरहेको हुन्छ । त्यो बाहेक हाम्ी सँग जोडिएका दिदी बहिनीहरुका बच्चाहरुलाई अति गरीब तथा जेहेन्दार तथा मिहेनेती छानेर छात्रवृतिको समेत व्यवस्था गर्ने गरेका छौं । अपठ्यारोमा परेका दिदी बहिनीहरुको साहारा बनेको छ हाम्री बहिनी ।


हाम्री बहिनी मार्फत कस्तो कस्तो रोजगार पाईन्छ ?


हाम्रोमा विशेष गरि हाउसकिपिङ कै काम हो । जसमा भरमा सरसफाई गर्ने, लुगा धुने, भाडा माझ्ने, बच्चा हेर्ने, सुत्केरी स्याहार सुसार तथा बृद्धबृद्धाको स्याहार सुसार, बगैचामा काम गर्ने, घर कुर्ने लगायतका काम रहेका छन । हामी यी कामहरु गर्न ईच्छुक महिलालाई सहयोग गछौं । हामीले लगाईदिने काममा सरकारी नियम अनुसार नै तलव भत्ता बैकिङ प्रणली मार्फत पाउने व्यवस्था गर्दै छौं । हामी मार्फत काममा जाने दिदी बहिनीले आठ घण्टा काम गर्दा काम हेरेर न्युनतम १० हजार तलव पाईराख्नु भएको छ, भने कसै कसैले आठ घण्टाकै २५ हजार पनि पाईराख्नु भएको छ । शनिवार विदा पनि पाईराख्नु भएको छ । त्यस्ते, दशैं बोनस को पनि कुरा छ । हामी सँग पार्ट टाइम काम गर्नेको लागि पनि अवसर छ ।

 


रोजगारी लगाईदिए वाफत हाम्री बहिनीले के कस्तो शुल्क लिने गरेको छ ।


यो कम्पनी प्रालि नै हो । यसले सामाजिक काम पनि गरिरहेको छ । हामी रोजगारीमा जाने दिदी बहिनीहरुबाट कुनै पनि शुल्क लिने गरेका छैनौं, तर तालिम लिनेहरुको लागि भने तालिम शुल्क रु ३ हजार लिने गरेका छौं । रोजगारदाताबाट भने हामीले रु ५ हजार लिने गरेका छौं ।

हाम्री बहिनी मार्फत हाल सम्म कति जनाले रोजगारी पाएका छन ?
हाल सम्म हामीमार्फत रोजगार हुने दिदीबहिनीहरु करिब १ हजार तीन सय भन्दा बढि छन । तर सामाजिक काम गर्न तथा अन्य अतिरिक्त कामको लागि हामी सँग ५ हजार भन्दा बढि महिला आवद्ध भएका छन । हामीसँग ५ हजार भन्दा बढि रोजगारदाताले सम्पर्क गरेका छन । हामीले रोजगारदातालाई पहिल्है सम्झौता गराएर महिलालाई समस्या पर्न दिका छैनौं ।

 


तपाई मार्फत रोजगारीमा जानु भएका दिदी बहिनीहरु खुसि हुनुहुन्छ ?
खुसि नै हुनुहुन्छ, किनकी खुसि नभए त मान्छे त्यो ठाँउमा बस्दै बस्दैन । यस्ता काम गर्दिन दुख भयो भनेर आउने खास छैनन । यहाँबाट रोजगारमा गएर धेरै जसोको जीवन राम्रो भएको छ । धेरै महिला त डिप्रेसनको सिकार हुने अवस्थामा पुगेर पनि यहाँ बाट काउन्सिलिङ र रोजगार पाईसकेपछि निकै खुसि हुनुभएका उदाहरुण पनि छन । कतिपय दिदीबहिनी घरायसी कारण तथा आफ्नो काम छोडेर जाने पनि छन । यहाँ भन्दा बाहिर राम्रो काम पाए पनि छोडेर जाने पनि छन ।

 

 

Ad

सम्बन्धित समाचारहरु

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारि खानीखोला गाउपालिका को साल्धारामा जन्मेका शेर बहादुर वाईबा सामान्य परिवारमा हुर्केको र शैक्षिक अबस्था पनि धेरै कठिनाइको साथ माध्यमिक शिक्षा पुरा गरेका थिए । २०५०–५१ तिर शैक्षिक क्षेत्रमा पनि हालको जस्तो सहज नभएको र झन् साल्धारामा त शिक्षा भर्खरै मात्र मा प्रचारित भइरहँदा यस्तो परिस्थिति संग प्रतिस्पर्धा गरेर काठमाडौँ आएका युवा ब्यबसायी तथा पेन्साङ एग्रो टुरिज्म कम्पनीका ब्यबस्थापक शेर बहादुर वाईबाले धैर्यताका साथ आफ्नो कर्मलाइ ध्यान दिई निरन्तरता दिए असम्भब केही नभएको बताएका छन ।

मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु -  नेता बुदे खत्री

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ मा जनताले आपेक्षा गरेअनुसारको बिकास नभएता पनि अढाई बर्षिय कार्यकालमा सकारात्मक बिकास भएको वडा अध्यक्ष बुदे खत्रीको भनाई छ । २०४६ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति शुरु गरेका वडाध्यक्ष बुदे खत्री चिङ्गाडबासी जनताका लोकप्रिय नेताका रुपमा चिनिन्छन । चिङ्गाडबासी जनताका हरेक सुख दुखलाई सेयर गर्दै जनताको मन जित्न सफल भएका नेता खत्री लामो समयदेखी एकतर्फी राज गरेको कम्युनिस्टको लालकिल्ला तोड्ने उनी एकमात्र अहिलेसम्मकै सफल वडा अध्यक्षको रुपमा चिनिन्छन । बिगत देखि नै रानिबास भनेपछि कम्युनिस्टको लाल किल्ला भनेर चिनिन्थ्यो । अध्यक्ष खत्रीको लामो राजनीतिक त्याग तपस्या र योगदानका कारण उहालाई रानिबासबासी जनताले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गराएका थिए । बिगत लामो समयदेखि नेपाली राजनीतिमा कृयाशिल नेता खत्री २०४९ सालमा वडा अध्यक्ष, २०५४ सालमा उपाध्यक्ष हुदै विभिन्न तहका कमिटी क्षेत्रीय कमिटी सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनी निर्वाचित भएर आईसकेपछि समग्र रानिबासको बिकासको बारेमा वडा अध्यक्ष बुदे खत्रीसंग खगेन्द्र हमालले गरेको कुराकानीः

Ad

प्रतिक्रिया दिनुहोस

Ad