# भर्खरै
Namaste Icon
Ad
Ad

भालाडोलिडमाथि एट्लेटिको कठिन जित

भालाडोलिडमाथि एट्लेटिको कठिन जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडमाथि कठिन जित निकालेको छ । गएराति घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा भालाडोलिडमाथि एट्लेटिकोले १ ० को कठिन जित निकालेको हो ।

एट्लेटिकोलाई जित दिलाउनको लागि भिटोलोले एक गोल गरे । उनले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले खेलको ८१औं मिनेटमा डिएगो कोस्टाको पासमा सहज गोल गरेका थिए ।

यो जितसँगै एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । ३० खेलबाट एट्लेटिकोले ५२ अंक जोडेको छ । समान ५२ अंक रहेपनि सेभिल्ला गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा झरेको छ । भालाडोलिड ३३ अंक जोडेर १५औं स्थानमा छ ।

६५ अंकसहित बार्सिलोना लिगको शीर्षस्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिड ६२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

एजेन्सी । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पालिमा पाकिस्तान बलियो देखिएको छ । १०९.३ ओभर खेल्दै ३ सय २६ रन जोडेको पाकिस्तान पहिलो पारिमा इङ्ल्यान्डविरुद्ध बलियो देखिएको हो । यता इङ्ल्यान्डले जवाफी ब्याटिङ गर्दै २८ ओभरमा चार विकेट गुमाएर मात्र ९२ रन जोडेको छ । पहिलो ओभरमा नै ओपनर ब्याट्सम्यान रोरि जोसेफ बुर्न्सलाई गुमाएको इङ्ल्यान्डले चौथो ओभरमा डोम सिब्लीलाई गुमाउँदै खराब सुरुवात गरेको थियो ।

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad