# भर्खरै
Namaste Icon
Ad
Ad

यी आठ कारणले सिमानामा काँडेतार अनिर्वाय : नवल खडका

यी आठ कारणले सिमानामा काँडेतार अनिर्वाय : नवल खडका

केशर विश्वकर्मा, काठमाडौं । हाम्रो देशको सिमा मिचिदैँ गएपछि चलचित्रकर्मी तथा चलचित्र निर्देशक नवल खड्काले सिमानामा काँडेतार अभियान चलाउँदै आएका छन् । विगत एक दशक देखि नै अभिनेता तथा चलचित्र निर्माता खड्काले फिल्म निर्माणको क्रममा विभिन्न सिमानामा पुग्दा त्यहाँको दृश्यले आफूलाई प्रभाव परेको भन्दै यो अभियानको सुरुवात गरेका थिए । दर्पण दैनिकसँग कुराकानी गर्दै खडरकाले भने, 'विश्वको ४० देशले विभिन्न कारण आफ्ना देशको सिमानामा पर्खाल तथा काँडेतार लगाएका छन, हामी चाँहि किन चुप लाग्ने ? यसको अवधारण धेरै अगाडी आएपनि पछिल्लो समय चर्चा पाएका छ ।'

अभियन्ता खड्काका अनुसार विवादित भूमी भएको कारण, आप्रवासीको प्रवेश, आतंककारीको प्रवेश, लागु औषधको ओसारपसार, हातहतियार ओसारपसार, राजस्व छलि हुने भएकोले विशवका अधिकांश देशहरुले सिमानामा काँडेतार वा पर्खाल लगाएका छन । यी बाहेक नेपालमा थप २ वटा कारणले पनि सिमानामा काँडेतार लगाउन आवश्यक छ । ती हुन् नेपाली महिलाको बेचबिखन हुनु र खुला सिमाना महामारीको सुरुङमार्ग बन्नु । यी ८ कारण हामी नेपाली असुरक्षित रहेको खड्काले उल्लेख गरे ।

खड्काले भने, 'सिमा मिचिदै गएपछी हामीले चलचित्रका माध्यमबाट निरन्तर आवाज उठाउदै आएका छौँ । दिनदिनै यसरी सिमा मिचिदै जाने हो भने हाम्रो जस्तो सानो देशको अस्तित्व रहदैन भनेर यो अभियान चलएका हौँ । यति भन्दाभन्दै पनि भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र मिचेन मात्रै सडक नै उद्घाटनको गर्यो । तत्पश्चात नेपाल सरकारले ति भूभाग समेटेर नक्सा सार्वजनिक गरी महत्त्वपूर्ण काम गरेको छ ।'

नेपाल सरकारले मिचिएको भुमिसहितको नयाँ नक्सा सार्वजनिक गर्नु यो सरकारको पहिलो महत्वपूर्ण काम भएको खड्काले बताए । यसपछिका अन्य चरण सरकारले यथासिघ्र अगाडि बढाउनु पर्नेमा खड्काले जोड दिए । उनले भने, 'यस्ता विस्तारवादी शक्तिहरुसँग लड्न अब नेपालमा १८ वर्ष पुगेका हरेक युवाहरूलाई सैन्य तालीम दिनुपर्छ । जसले आवश्यक परेको बेलामा सिमा सुरक्षा गर्न सकुन र अन्य समयमा आफ्नो स्वास्थ्य स्वस्थ राख्न सकुन ।'

धेरै पहिला नै नेपाल विश्वको शान्ति क्षेत्रको देश हो भनेर राखेको प्रस्तावमा विश्वका कैयन देशहरूले त्यो प्रस्ताव स्वीकार गरेको परिप्रेक्ष्यमा पनि छिमेकी देश भारतले नै अस्वीकार गरेको कारण नेपालले शान्तिको देश भन्न नपाएको खड्काले बताए । उनले भने, 'विगतमा भएको महाभूकम्पका बेलामा पनि भारतले सहयोग गर्नुपर्ने बेलामा नाकाबन्दी गरेर भूपरिवेष्ठत रास्ट्रले पाउनुपर्ने नैसर्गिक अधिकारको पनि हनन गरिदिएको छ । यी त केही उदाहरण मात्र हुन । यस्ता धेरै घटनाहरू भारतको कारण भएका छन । त्यसैले सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने अभियानमा लागेको हुँ ।'

 

 

 

 

Ad

सम्बन्धित समाचारहरु

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारि खानीखोला गाउपालिका को साल्धारामा जन्मेका शेर बहादुर वाईबा सामान्य परिवारमा हुर्केको र शैक्षिक अबस्था पनि धेरै कठिनाइको साथ माध्यमिक शिक्षा पुरा गरेका थिए । २०५०–५१ तिर शैक्षिक क्षेत्रमा पनि हालको जस्तो सहज नभएको र झन् साल्धारामा त शिक्षा भर्खरै मात्र मा प्रचारित भइरहँदा यस्तो परिस्थिति संग प्रतिस्पर्धा गरेर काठमाडौँ आएका युवा ब्यबसायी तथा पेन्साङ एग्रो टुरिज्म कम्पनीका ब्यबस्थापक शेर बहादुर वाईबाले धैर्यताका साथ आफ्नो कर्मलाइ ध्यान दिई निरन्तरता दिए असम्भब केही नभएको बताएका छन ।

मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु -  नेता बुदे खत्री

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ मा जनताले आपेक्षा गरेअनुसारको बिकास नभएता पनि अढाई बर्षिय कार्यकालमा सकारात्मक बिकास भएको वडा अध्यक्ष बुदे खत्रीको भनाई छ । २०४६ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति शुरु गरेका वडाध्यक्ष बुदे खत्री चिङ्गाडबासी जनताका लोकप्रिय नेताका रुपमा चिनिन्छन । चिङ्गाडबासी जनताका हरेक सुख दुखलाई सेयर गर्दै जनताको मन जित्न सफल भएका नेता खत्री लामो समयदेखी एकतर्फी राज गरेको कम्युनिस्टको लालकिल्ला तोड्ने उनी एकमात्र अहिलेसम्मकै सफल वडा अध्यक्षको रुपमा चिनिन्छन । बिगत देखि नै रानिबास भनेपछि कम्युनिस्टको लाल किल्ला भनेर चिनिन्थ्यो । अध्यक्ष खत्रीको लामो राजनीतिक त्याग तपस्या र योगदानका कारण उहालाई रानिबासबासी जनताले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गराएका थिए । बिगत लामो समयदेखि नेपाली राजनीतिमा कृयाशिल नेता खत्री २०४९ सालमा वडा अध्यक्ष, २०५४ सालमा उपाध्यक्ष हुदै विभिन्न तहका कमिटी क्षेत्रीय कमिटी सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनी निर्वाचित भएर आईसकेपछि समग्र रानिबासको बिकासको बारेमा वडा अध्यक्ष बुदे खत्रीसंग खगेन्द्र हमालले गरेको कुराकानीः

Ad

प्रतिक्रिया दिनुहोस

Ad