Namaste Icon
Ad
Ad

सागका स्वर्णविजेता तथा अन्तराष्ट्रिय पदक विजेतालाई गोदावरीको नगरसभामा सम्मान

सागका स्वर्णविजेता तथा अन्तराष्ट्रिय पदक विजेतालाई गोदावरीको नगरसभामा सम्मान

ललितपुर । जिल्लाको गोदावरी नगरपालिकाले गत मङ्सिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता,प्रशिक्षक तथा अन्य विभिन्न अन्तराष्ट्रिय पदक विजेताहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बिहिबार आयोजना गरेको गोदावरी नगरसभामा पदक विजेता तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा उसु कास्य पदक बिजेता निकेस श्रेष्ठ,प्रशिक्षक दिपक श्रेष्ठ र गङ्गाराम महर्जन रहेका छन् । सागमा नेपालले उसु तर्फ ६ स्वर्ण र करातेमा १० स्वर्ण पदक जितेको थियो ।

खेलाडीहरुलाई नगरपालिकाले निकेस श्रेष्ठलाई नगद एक लाख सहित सम्मान यसैगरी प्रशिक्षकद्वय श्रेष्ठ र महर्जनलाई जनही दुई दुई लाख सहित सम्मान गरेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।  यसैगरी गाेदावरीमा स्थायी बसाेबास गर्ने अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र काेचहरुलाई समेत जनही नगद रु १० हजारसहित सम्मान गरिएको थियो। 

Ad

सम्बन्धित समाचारहरु

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

एजेन्सी । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पालिमा पाकिस्तान बलियो देखिएको छ । १०९.३ ओभर खेल्दै ३ सय २६ रन जोडेको पाकिस्तान पहिलो पारिमा इङ्ल्यान्डविरुद्ध बलियो देखिएको हो । यता इङ्ल्यान्डले जवाफी ब्याटिङ गर्दै २८ ओभरमा चार विकेट गुमाएर मात्र ९२ रन जोडेको छ । पहिलो ओभरमा नै ओपनर ब्याट्सम्यान रोरि जोसेफ बुर्न्सलाई गुमाएको इङ्ल्यान्डले चौथो ओभरमा डोम सिब्लीलाई गुमाउँदै खराब सुरुवात गरेको थियो ।

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad